७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की
भोलोदिमिर जेलेन्स्की/ फाइल फोटो
अ+ अ-

युक्रेन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने बताउनुभएको छ।

अक्टोबरमा मस्कोले सन् २०२२ को आक्रमणको सुरुवातदेखि युक्रेनी ग्यास सुविधाहरूमा व्यापक बमबारी सुरु गरेको थियो । आक्रमणका कारण नागरिकहरूले न्यानोका लागि प्रयोग गर्ने इन्धनको मुख्य स्रोतको उत्पादन ६० प्रतिशत रोकिएको थियो।

जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हामीले युक्रेनलाई ग्यास आपूर्ति गर्ने विषयमा ग्रीससँग सम्झौता गरिसकेका छौँ ।” जेलेन्स्कीले थप्नुभयो, “किएभले रूसी हमलाका कारण भएको ‘लगभग दुई अर्ब युरो’ अर्थात् झण्डै २.३२ अर्ब अमेरिकी डलर उत्पादन घाटालाई कभर गर्न वित्तीय सम्झौताहरू पनि सुनिश्चित गरेको छ।

यो कोष युक्रेनी सरकार, युरोपेली आयोगद्वारा सुनिश्चित गरिएका युरोपेली, युक्रेनी बैङ्कहरू र नर्वेबाट व्यवस्थापन गरिनेछ । युक्रेनी राष्ट्रपतिले भन्नुभयो, “आफ्ना युरोपेली र अमेरिकी सहयोगीहरूका अतिरिक्त उहाँ अजरबैजानसँग सम्झौता गर्न ‘सक्रियता’ का साथ काम गरिरहेको बताउनुभएको छ। उहाँले पूर्व सोभियत गणतन्त्रबाट ग्यास आयातको लागि ‘दीर्घकालीन सम्झौता’ पूरा गर्ने आशा गर्नुभएको छ।”

जेलेन्स्कीको यो घोषणा फ्रान्स र स्पेनको युरोपेली भ्रमणअघि आएको हो । उहाँको कार्यालयले उहाँ ग्यास आपूर्ति सुनिश्चित गर्न आइतबार नै ग्रीस जाने एएफपीसँग बताएको छ।

रूसी बमबारीले गत हिउँदमा नै राष्ट्रिय ग्यास उत्पादनमा आधा प्रभाव परेको युक्रेनी सरकारले जनाएको छ। युक्रेनको ऊर्जा नेटवर्कको बिरूद्ध पहिलो व्यवस्थित आक्रमण सन्ु २०२२ को अन्त्यमा सुरु भएको थियो। यसले व्यापक बिजुली अभाव सिर्जना गरेको थियो र लाखौँ मानिसहरूलाई चिसो तापक्रम र अन्धकारबीच बस्न बाध्य पारेको थियो।(रासस/एएफपी)