७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

निर्वाचनअघि नै महाधिवेशन गर्नका लागि सभापति देउवामाथि काँग्रेस नेताहरुको दबाब

निर्वाचनअघि नै महाधिवेशन गर्नका लागि सभापति देउवामाथि काँग्रेस नेताहरुको दबाब
अ+ अ-

काठमाडौँ । संस्थापनइतर नेपाली काँग्रेसका नेताहरुले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा आवश्यक निर्णय लिन पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

आईतवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै केन्द्रिय सदस्यद्धय तारामान गुरुङ, प्रतिमा गौतम र महाधिवेशन प्रतिनिधि सीता मिजारले समयमै महाधिवेशन गराउने अडानमा सभापति देउवाले पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय लिने  विश्वास व्यक्त गरेका छन् । सिंगापुरको उपचारपछि स्वदेश फर्कनुभएका सभापति देउवाले पार्टीका नेताहरुसँग निर्वाचनमा जाने तयारीका साथ छलफल अघि बढाईरहेको समाचार आउन थालेको छ । नेता तारामान गुरुङले विधानसम्मत ढंगले महाधिवेशन गरेर मात्रै निर्वाचनमा जानुको विकल्प नरहेको जिकिर गर्नुभयो ।

उहाँले पार्टी सभापति देउवाले गत असोज २८ गते केन्द्रिय कार्य समिति बैठक शुभारम्भ गर्ने क्रममा समयमा नै महाधिवेशन गर्ने मत राख्नु भएको र सोही अनुसार पार्टी केन्द्रिय कार्य समितिले निर्णय गरेर पहिला महाधिवेशन हुनेमा आफूहरु विश्वस्त रहेको बताउनु भयो । काँग्रेस केन्द्रिय कार्य समिति बैठक भोली (सोमवार) अपरान्ह २ बजे बोलाइएको छ । पार्टी सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्दै सिंगापुर उपचारमा जानुअघि केन्द्रिय कार्य समिति बैठकमा समयमा नै महाधिवेशन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाले सोहीअनुसार पार्टीले महाधिवेशन गरेर मात्रै निर्वाचनमा जाने निर्णय लिने उहाँको तर्क थियो ।

केन्द्रिय सदस्य गुरुङले भन्नुभयो, ‘सभापतिजीले केन्द्रिय कार्य समिति बैठक शुरु गरेको दिन के भन्नुभएको छ भने–म उपचारका लागि बाहिर जाने भए । कार्यबाहक सभापति पूर्णबहादुर दाईलाई दिनुभयो । त्यो बेला उहाँले के भन्नुहुनेछ भने विधान बमोजिम, विधानसम्मत समयवधिभित्र अधिवेशन गर्ने, गर्नु । पार्टी भित्र नेतृत्वका लागि सर्वसम्मत हुने अवस्था बनाउनु । यो भनेर सभापतिजीले त्यो दिन नै निर्देशन गर्नुभएको छ । अव त्यो शब्दलाई सभापतिजी आउनुभएको छ । उहाँ स्वास्थ्य लाभ गरेर आउनुभएको छ । उहाँलाई हामीले यहाँ स्वागत गरेका छौ । र, उहाँले भोली बोलाइएको केन्द्रिय कार्य समितिमा यो शब्द परिवर्तन गर्नुहुन्छ होला जस्तो मलाई लाग्दैन । त्यसो भएको हुनाले भोली सर्वसम्मत रुपबाट पुस मसान्तभित्र नियमित महाधिवेशन वा विशेष अधिवेशनको निर्णय हामी गर्छौ भन्ने कुरामा म ढुक्क छु । र यसमा अल्पमत वा बहुमतको कुरा हुँदैन भन्नेकुरामा पनि विश्वस्त छु । हामीले पार्टीमा विभाजित ढंगले जानु पनि हुँदैन । र हामीले चित्त बुझेन भने नोट अफ डिसेन्ट गर्न पाइन्छ । महाधिवेशनमा जाने कुरामा हामीले नोट अफ डिसेन्ट गर्नुपर्ने अवस्था नआओस भनेर म कामना गर्न चाहन्छु ।’

अर्की केन्द्रिय सदस्य तथा निःवर्तमान प्रतिनिधिसभाकी सांसद गौतमले मुलुकले जेन–जी आन्दोलनपछि सुधारिएको काँग्रेस खोजेको भन्दै महाधिवेशन गरेर मात्रै निर्वाचनमा जान उपयुक्त हुने अडान राख्नुभयो । उहाँले जनतामा भोट माग्न जान पनि काँग्रेसले महाधिवेशनमार्फत नयाँ नीति र नेतृत्व लिएर जानुपर्ने अवस्था आएको बताउनु भयो । नेतृ गौतमले निर्वाचन पछि महाधिवेशनको कुनै अर्थ नरहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिलेको देशको परिस्थिति भदौ २३, २४ पछिको देशको स्थितिलाई हेरेर हामीले निर्वाचन भन्दा पछाडि महाधिवेशन गरेर जाने कुरा उपयुक्त हुँदैन । यसले समग्रमा काँग्रेसलाई क्षति पु¥याउँछ । काँग्रेस सध्रिएको, सङ्लिएको, काँग्रेसले जनतालाई भोट माग्न जाँदा आश्वस्त, विश्वस्त एउटा भरोसायोग्य हामी ठिक ढंगलबाट आयौँ, हामी सुध्रिएका छौ । आत्माआलोचना गरेर अघि बढेका छौँ । हामीले धेरै कुराहरु सुधारेर भोट माग्न आएका छौ । हामीसँग तर्क र जवाफ दुवै छ । हामी तपाईहरुसँग भोट माग्न लायक छौ भन्ने हिसावले हामी भोट माग्न जानुपर्दछ । हामी हिजोको जस्तै केही पनि भएको छैन, काँग्रेसलाई भेट दिनुहोस् भनेर गएर त  कुनैपनि जनताले काँग्रेस कहिले आउला र भोट हालौँला भनेर बसेको अवस्था होइन । त्यसकारण निर्वाचन भन्दा अगाडि नै काँग्रेस आम रुपमा समूल परिवर्तन भएर देशलाई गाइड गर्ने नीति लिएर, नेतृत्व पनि लिएर एउटा आशा देखाएर भरोसाको पार्टी भयो है नेपाली काँग्रेस भनेर हामीले गयौ भने बल्ल जनताले काँग्रेस सुध्रिएर आएको छ । काँग्रेस सच्चिएर आएको छ । काँग्रेसलाई फेरी एक पटक हेरौ, भोट पनि दिउँदिउँ लाग्ने त्यो अवस्था बनाएर हामी जानुपर्छ । निर्वाचन भन्दा पछाडिको अधिवेशनको कुनै अर्थ छैन । ठिक समयमा सही निर्णय गर्नुपर्छ, ठिक काम गर्नुपर्छ । बल्ल सही नतिजा आउँछ भन्ने यो हाम्रो पक्षको मत हो । यो आम जनताहरुको भनाई हो । उहाँहरुको आवाज हो । उहाँको आवाजलाई पनि मनन गरेर जेन–जीको भावनालाई समेटने गरी हामीले निर्वाचन भन्दा अगाडि नै महाधिवेशन गरेर जानुपर्छ ।’

निर्वाचनअघि महाधिवेशन गर्नु नै पार्टीको वैधानिक बाटो भएको उल्लेख गर्दै काँग्रेसकी प्रतिनिधिसभाकी निःवर्तमान सांसद समेत रहनुभएकी महाधिवेशन प्रतिनिधि सीता मिजारले काँग्रेसले निर्वाचनअघि नै महाधिवेशन गरेर जाने निर्णय नै वैधानिक बाटो भएकाले यसको विकल्प अरु केही पनि हुन नसक्ने बताउनु भयो । उहाँले काँग्रेस महाधिवेशन प्रतिनिधिहरुको ५५ प्रतिशतले महाधिवेशन पुस मसान्त भित्र गर्नुपर्ने माग गरेको र सोही माग वैधानिक भएकाले त्यसै अनुसार निर्णय गर्न उपयुक्त हुने धारणा राख्नुभयो । महाधिवेशन प्रतिनिधि मिजारले काँग्रेसले आम निर्वाचनमा आफूलाई सबल ढंगले अघि बढाउन पनि महाधिवेशनमार्फत नयाँ नीति र नेतृत्वका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘निर्वाचनमा जानका लागि नयाँ नेतृत्व, नयाँ नीति, नयाँ कमिटीले गर्नुपर्छ भन्ने हो । त्यसैले हामी पछाडि फर्कने भन्ने त कुरै छैन । यसबाट पछाडि फर्कने बाटो पनि छैन । बैधानिक बाटो भनेको निर्वाचन अघि महाधिवेशनको हो । ५५ प्रतिशत भन्दा बढि महाधिवेशन प्रतिनिधिहरुले जुन हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका छौँ । त्यो कुरा नेपाली काँग्रेस केन्द्रिय कार्य समितिले वर्न गरोस् भन्ने हामी चाहन्छौँ । यसैलाई अघि बढाएर आम निर्वाचनको वातावरण बनाओस । यसले आम निर्वाचनलाई पनि सहयोग पुग्छ । त्यसकारण निर्वाचन अघि महाधिवेशन हुन्छ भन्ने कुरामा म विश्वस्त छु । विश्वास दिलाउन चाहन्छु ।’

महाधिवेशन प्रतिनिधि मिजारले निर्वाचनको वातावरण बनाउन पनि काँग्रेसले निर्वाचन अघि महाधिवेशनमा जानुपर्ने निर्णयसहित अघि बढ्नुपर्ने बताउनु भयो । संस्थापनइतरका नेताहरुले महाधिवेशनलाई छलेर निर्वाचनमा जाने निर्णय गरिए आफूहरु सो निर्णय मान्य पक्षमा नरहेको जिकिर समेत गरेका छन् ।