काठमाडौ । मुलुकको अर्थतन्त्रका सूचकांकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८२ को त्रैमासिक प्रतिवेदनमा अर्थतन्त्रका सूचकांकहरु सकारात्मक देखिएका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार महँगीदर घटेको छ भने मुलुकमा वाह्य लगानी आउने क्रम पनि बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले ३ महिनामा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १ दशमलव ४७ प्रतिशत रहेको उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २ दशमलव ५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७ दशमलव २० प्रतिशत र ३ दशमलव ४९ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासकोऔसत मुद्रास्फीति १ दशमलव ६७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४ दशमलव २६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ७ दशमलव ७५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३ दशमलव ७१ प्रतिशत र माछा तथा मासुको ३ दशमलव १५ प्रतिशतले बढेको छ ।
तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५ दशमलव ६३ प्रतिशत, मरमसलाको ७ दशमलव ८२ प्रतिशत र दालतथा गेडागुडीको ४ दशमलव ४१ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथासेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्यसूचकाङ्क १५ दशमलव ५१ प्रतिशत, शिक्षाको ७ दशमलव ६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६ दशमलव २९ प्रतिशत,सुर्तीजन्य पदार्थको ४ दशमलव ८४ प्रतिशत र फर्निसिबतथा घरायसी उपकरणको ४ दशमलव ५५ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १ दशमलव २९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिकविन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १ दशमलव ५३ प्रतिशतले बढेको छ ।
चालु खाता १ खर्ब ३० अर्ब बढी रूपैयाँले वचतमा
नेपाल राष्ट्र बैंककाअनुसार समीक्षा अवधीमा चालु खाता १ खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोड रूपैयाँले वचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले वचतमारहेको चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब २० करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १ अर्ब २७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ७१ करोड रूपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रूपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रूपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले वचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले वचतमा रहेको छ ।
तीन महिनामा विप्रेषण आप्रवाह ५ खर्ब ५३ अर्ब
तीन महिनामा विप्रेषण आप्रवाह ५ खर्ब ५३ अर्ब पुगेको छ । यो विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले बढी हो । त्यसो त, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । २०८२ असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।










