५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

घनश्याम भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानमा को–को छन् ?

घनश्याम भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानमा को–को छन् ?
अ+ अ-

काठमाडौं । घनश्याम भुसाल नेतृत्वमा अगाडि बढिरहेको नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानले आफ्ना २० नेताको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छ।

अभियानसँग नजिक रहेका नेता दामोदर अर्यालका अनुसार, एमालेतर्फ फर्किने तयारीमा रहेका कतिपय नेता तथा एकतामा सामेल हुने प्रक्रियाले अस्पष्टता सिर्जना गरेपछि प्रतिबद्ध रहिरहेका नेताहरूको सूची सार्वजनिक गरिएको हो।

अर्यालका अनुसार, तत्कालीन नेकपा (एस) मा माधवकुमार नेपाल पक्षधर एकता समूह र रामकुमारी झाँक्री नेतृत्वको एमाले फर्किने समूहबाट बाहिरिएका १५६ केन्द्रीय नेतामध्ये भुसाल समूहसँगै ६७ सदस्यीय नयाँ केन्द्रीय कमिटी गठन गरिएको छ।

तर, मान्छेको नाम खुलाउँदा दुई धारबीच तानातान हुने सम्भावना देखिएकाले मंसिर महिनाभित्र आयोजना हुने राष्ट्रिय भेलासम्म धेरै नाम गोप्य राखिने निर्णय गरिएको अर्यालले बताए।

सो भेलाबाट निर्वाचन आयोगमा दर्ता भइसकेका दलहरूमध्ये कुनै एकलाई आफ्नो आधिकारिक दलका रूपमा स्वीकार गर्ने तयारीसमेत अभियानले गरेको जनाएको छ।

यसबीच, केही केन्द्रीय सदस्यहरूलाई ‘नेकपा बामपन्थी केन्द्र’ नामक नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पठाइएको र त्यसैले उनीहरूको नाम पुनर्गठन अभियानको सूचीमा सार्वजनिक नगरिएको अर्यालले स्पष्ट पारे।

अभियानले हालसम्म सार्वजनिक गरेका नाममध्ये २०२८ सालको झापा आन्दोलनदेखि कोअर्डिनेशन केन्द्र र नेकपा माले निर्माणसम्म सक्रिय भूमिकामा रहेका घनेन्द्र बस्नेतलाई वरिष्ठ नेता तोकेको छ।

यी हुन् मुख्य नेता:

घनेन्द्र बस्नेत– वरिष्ठ नेता

घनश्याम भुसाल– संयोजक, नेकपा एस पुनर्गठन अभियान

डा. विजय पौडेल

जीवनराम श्रेष्ठ– पूर्व मन्त्री

भवानी खापुङ– पूर्व मन्त्री

हरि पराजुली– पूर्व मन्त्री

उर्वादत्त पन्त– पूर्व मन्त्री

महेश रेग्मी

धर्म निरौला

शेरबहादुर केसी

लक्ष्मण लम्साल (प्रदेश माननीय, बागमती)

नरेश शाही (प्रदेश माननीय, सुदूरपश्चिम)

भीम बस्नेत

दामोदर अर्याल

नन्द बन्जाडे

गौतम राई

गणेश कम्वाङ

जानुका श्रेष्ठ

सुस्मा राई

सीता पौडेल

निलम ढुंगेल