५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

मधेश प्रदेश मुख्यमन्त्री विवादमा सर्वोच्चको सुनुवाइ भोलि हुने

मधेश प्रदेश मुख्यमन्त्री विवादमा सर्वोच्चको सुनुवाइ भोलि हुने
अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथसम्बन्धी विवादमा सर्वोच्च अदालतमा आइतबारका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ। आज हुने भनिएको सुनुवाइ सारिएर भोलि सोमबार हुने भएको हो।

उक्त मुद्दाको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तय गरिएको थियो। नियुक्ति प्रक्रियासम्बन्धी अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा अब भोलि सुनुवाइ हुनेछ।

केही समययता राजनीतिक रूपमा अस्थिर देखिएको मधेश प्रदेशमा हाल एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार बनेको छ। तर, उनी विवादास्पद तरिकाले प्रदेश प्रमुखबाट शपथ ग्रहण गराएको आरोप लागिरहेका छन्।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले महोत्तरी–सिन्धुली सिमानामा पर्ने बर्दिबास नगरपालिका–३ कालापानीस्थित पानस होटेलमा पुगेर यादवलाई मुख्यमन्त्री पदको शपथ गराएकी थिइन्। होटलमा गएर शपथ खुवाइएको घटनाले राजनीतिक तथा कानुनी विवाद चर्किएको हो।

यस घटनाविरुद्ध मधेश प्रदेशका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। अब यो विवादको प्रारम्भिक टुंगो भोलिको सुनुवाइपछि लाग्नेछ।