७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

बङ्गलादेशमा एक अल्पसङ्ख्यक स्लामिक सम्प्रदायद्वारा प्रदर्शन

बङ्गलादेशमा एक अल्पसङ्ख्यक स्लामिक सम्प्रदायद्वारा प्रदर्शन
अ+ अ-

ढाका। बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि कट्टरपन्थीहरूको लागि शक्ति प्रदर्शन गर्न एक सानो मुस्लिम सम्प्रदायका अनुयायीहरूले आफुहरूलाई काफिर घोषित गर्न माग गरेका छन्।

सुफीवादको शाखाका अनुयायी अहमदिया समुदायको १९ औं शताब्दीमो भारतमा उत्पत्ति भएको थियो भने उनीहरू भारत पाकिस्तान विभाजनमा पाकिस्तान र पाकिस्तान बङ्गलादेशबीचको विभाजनपछि बङ्गलादेशमा पुगेका थिए ।

उनीहरूमाथि मुस्लिम बहुल बङ्गलादेशमा लामो समयदेखि उत्पीडनमा परेका बताउने गरिएको छ। गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएको क्रान्तिमा पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि देशभरि अल्पसङ्ख्यक सम्प्रदायका सदस्यलाई लक्षित गरी भीडले आक्रमण गरेको थियो।

हसिनाको निरंकुश शासनमा दबाइएका कट्टरपन्थी इस्लामिक समूहहरू फेब्रुअरीमा हुने आम चुनावमा आंशिक रूपमा प्रगति गर्ने आशामा पछिल्ला केही दिनदेखि आन्दोलित बनेका छन् ।

शनिबार ढाकाको मुटुमा भारत, पाकिस्तान, साउदी अरब र इजिप्टका राजनीतिक नेता र वरिष्ठ इस्लामिक प्रचारकहरू पनि उपस्थित थिए।

केही प्रदर्शनकारीले ‘अहमदियालाई काफिर घोषित गरिनुपर्छ’ लेखिएको टिसर्ट लगाएका थिए । ब्यानरमा ‘अब’ कुनै पनि सम्प्रदायबिरूद्ध उत्पीडन गर्न रोक लगाउने गरी कानून बनाउन आह्वान गरिएको छ।

कट्टरपन्थी इस्लामिक विद्वानहरूले प्रायः उनीहरूलाई विधर्मीका रूपमा निन्दा गर्छन्, मोहम्मदपछि एक भविष्यवक्तामा उनीहरूको विश्वासलाई ईश्वरनिन्दा भन्छन्।

“अहमदियाहरू हाम्रो भन्दा पूर्ण रूपमा फरक दृष्टिकोण राख्छन्, र त्यसैले उनीहरू हामीभन्दा फरक छन्,” प्रदर्शनमा सहभागी तर भिन्न धार्मिक विचार राख्न ५० वर्षीय मोहम्मद मामुन शेखले एएफपीसँग भन्नुभयो।

उहाँले भन्नुभयो, “उनीहरू हाम्रो देशमा अन्य धर्मका अनुयायीहरू जस्तै बस्न सक्छन्, तर मुसलमानको रूपमा होइन।” र्‍यालीमा भाग लिइरहेका एक १५ वर्षीय बालकले आफ्ना शिक्षकले उनलाई प्रदर्शनमा उपस्थित हुन प्रोत्साहित गरेको र ‘अहमदियाहरूले इस्लामिक धर्मलाई प्रदूषित गरिरहेका छन्’ भनी तर्क गरे।

बङ्गलादेशमा अहमदिया समुदायका प्रवक्ता अहमद तशीर चौधरीले उनीहरूबिरूद्धको धार्मिक तर्कहरूको खण्डन गर्दै भन्नुभयो, “धर्मलाई राजनीतिक हतियारको रूपमा प्रयोग गरिएको छ।”

बङ्गलादेशको कुल जनसङ्ख्याको एक प्रतिशतभन्दा कम जनसङ्ख्या अहमदियाको छ । चौधरीले भन्नुभयो, “यदि हाम्रो समुदायले जनसङ्ख्याको दस प्रतिशत मात्र पनि भएको भए हेर्ने दृष्टिकोण नै फरक हुने थियो। अहमदियाहरूलाई राजनीतिक दलहरूले फरक व्यवहार गर्ने थिए।”

उहाँले थप्नुभयो, “आक्रमणको डरको बाबजुद समुदायका सदस्यहरूले आफ्नो विश्वास छोड्ने छैनन्।” “हामी हार मान्दैनौं,” उहाँले भन्नुभयो।(रासस/एएफपी)