५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

मधेसको मुख्यमन्त्री नियुक्ति र सभामुखको विरोधमा जनकपुरमा प्रदर्शन

मधेसको मुख्यमन्त्री नियुक्ति र सभामुखको विरोधमा जनकपुरमा प्रदर्शन
अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति र सभामुख विरुद्ध ७ राजनीतिक दलले आन्दोलन जारी राखेका छन् ।

मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको र सभामुखले पदीय आचरण विपरित कार्य गरेको विरोधमा राजनितिक दलहरुले कार्यकर्ता उतारेर शनिवार पनि जनकपुरमा प्रदर्शन गरेका हुन् ।

यसअघि पनि प्रदेशसभा सदस्यहरुले मधेस भवन अगाडी धर्ना दिँदै आएका थिए । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलका संसदीय दलका नेताको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो भने २४ गते एक होटलमा शपथग्रहण गराउनुभएको थियो । सात दलले ७४ जना प्रदेश सभाको समर्थन रहेको भन्दै संविधानको धारा १६८ को उपधारा २ को आधारमा बहुमतीय सरकार बनाउन प्रदेश प्रमुखलाई आग्रह गरेका थिए तर उपधारा २ अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै गलत नियतले उपधारा ३ प्रयोग गरेर एमालेको नेतृत्वमा सरकार बनाएको भन्दै ७ दलका नेताहरू विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

७ राजनितिक दलहरुले सभामुख रामचन्द्र मण्डलविरुद्ध भने पदीय आचरण विपिरित कार्य गरेको भन्दै अविश्वासको प्रश्ताव दर्ता गराएका छन् । सभामुख मण्डलविरुद्धको अविश्वासको प्रश्ताव लिएर जाने क्रममा सांसदहरूमाथी हातपात समेत भएको थियो । आफू विरुद्ध अविश्वासको प्रश्ताव आएपछि सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त गर्नुभएको थियो । सरकार गठन र सभामुखको कदमको विरोधमा ७ दलीय मोर्चाले कार्यकर्ता उतारेर शनिवार जनकपुरमा प्रदर्शन गरेका हुन् ।
यसैबीच मधेस प्रदेशकी उपसभामुख वविताकुमारी राउतले चौरमा प्रदेशसभा सञ्चालन गर्नुभएको छ । सभामुखमाथी अविश्वासको प्रश्ताव दर्ता भएपछि यसको प्रक्रिया अगाडी बढाउनुपर्ने उपसभामुख राउतले बताउनु भयो ।

उहाँले सभामुखविरुद्ध अविश्वासको प्रश्ताव दर्ता भएपछि सांसदहरुलाई पदमुक्त गर्न नमिल्ने जानकारी दिनुभयो ।