२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसको मुख्यमन्त्री नियुक्ति र सभामुखको विरोधमा जनकपुरमा प्रदर्शन



अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति र सभामुख विरुद्ध ७ राजनीतिक दलले आन्दोलन जारी राखेका छन् ।

मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको र सभामुखले पदीय आचरण विपरित कार्य गरेको विरोधमा राजनितिक दलहरुले कार्यकर्ता उतारेर शनिवार पनि जनकपुरमा प्रदर्शन गरेका हुन् ।

यसअघि पनि प्रदेशसभा सदस्यहरुले मधेस भवन अगाडी धर्ना दिँदै आएका थिए । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलका संसदीय दलका नेताको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो भने २४ गते एक होटलमा शपथग्रहण गराउनुभएको थियो । सात दलले ७४ जना प्रदेश सभाको समर्थन रहेको भन्दै संविधानको धारा १६८ को उपधारा २ को आधारमा बहुमतीय सरकार बनाउन प्रदेश प्रमुखलाई आग्रह गरेका थिए तर उपधारा २ अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै गलत नियतले उपधारा ३ प्रयोग गरेर एमालेको नेतृत्वमा सरकार बनाएको भन्दै ७ दलका नेताहरू विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

७ राजनितिक दलहरुले सभामुख रामचन्द्र मण्डलविरुद्ध भने पदीय आचरण विपिरित कार्य गरेको भन्दै अविश्वासको प्रश्ताव दर्ता गराएका छन् । सभामुख मण्डलविरुद्धको अविश्वासको प्रश्ताव लिएर जाने क्रममा सांसदहरूमाथी हातपात समेत भएको थियो । आफू विरुद्ध अविश्वासको प्रश्ताव आएपछि सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त गर्नुभएको थियो । सरकार गठन र सभामुखको कदमको विरोधमा ७ दलीय मोर्चाले कार्यकर्ता उतारेर शनिवार जनकपुरमा प्रदर्शन गरेका हुन् ।
यसैबीच मधेस प्रदेशकी उपसभामुख वविताकुमारी राउतले चौरमा प्रदेशसभा सञ्चालन गर्नुभएको छ । सभामुखमाथी अविश्वासको प्रश्ताव दर्ता भएपछि यसको प्रक्रिया अगाडी बढाउनुपर्ने उपसभामुख राउतले बताउनु भयो ।

उहाँले सभामुखविरुद्ध अविश्वासको प्रश्ताव दर्ता भएपछि सांसदहरुलाई पदमुक्त गर्न नमिल्ने जानकारी दिनुभयो ।