१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

परिवर्तनको आकांक्षा रूपान्तरण गर्न सक्नेगरी निर्वाचनमा जानुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

परिवर्तनको आकांक्षा रूपान्तरण गर्न सक्नेगरी निर्वाचनमा जानुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले परिवर्तनको आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्न सक्ने तरिकाले देश निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।

नागरिक समूहले आज काठमाडौँमा आयोजना गरेको ‘व्यवस्था, अवस्था र निकास’ विषयक कार्यक्रममा उहाँले अहिले उत्पन्न असन्तुष्टिहरू सम्बोधन गर्दै लोकतान्त्रिक प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले हालको निर्वाचन प्रणालीले कुनै पनि राजनीतिक दललाई सामान्य बहुमत दिलाउन नसक्ने परिस्थितिमा जेनजी आन्दोलनका मागअनुसार संविधान संशोधन कठिन हुने टिप्पणी गर्नुभयो । वर्तमान अवस्थाको निकास राष्ट्रिय सहमति नै भएकाले सबै पक्ष त्यसतर्फ अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा अधिवक्ता डा आस्था दाहालले संविधानले सुनिश्चित गरेको मतदान अधिकार व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउँदै देश–विदेश जहाँ बसेका भए पनि नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले राजनीतिक परिवर्तनका चर्चा पर्याप्त भइसकेकाले अब मुलुकले आर्थिक क्रान्तितर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोग अनिवार्य रहेको उल्लेख गर्नुहुँदै उहाँले आर्थिक स्थिरताका आधारहरू मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

परराष्ट्रविद् डा निश्चलनाथ पाण्डेले हरेक संस्थामा राजनीतिक भागबन्डा लगाइँदा आजको अवस्था सिर्जना भएको दाबी गर्नुभयो । अबको सरकार जनप्रतिनिधिलाई यथाशीघ्र हस्तान्तरण गर्ने गरी छिटो निर्वाचन गराउनुपर्ने उहाँको भनाइ थियो ।

जेनजी अभियन्ता मिराज ढुङ्गानाले जनताको चाहना एकातिर र सरकारको ध्यान अर्कोतिर रहेको आरोप लगाउँदै जनताले अहिले सुशासनलाई प्राथमिकता दिइरहेकाले सरकारले त्यसअनुसार काम गर्नुपर्ने धारणा राख्नुभयो ।

नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालले जेनजी समूह विखण्डित भएर भन्दा एकीकृत भएर अघि बढ्दा परिवर्तनका उपलब्धि जोगाउन सकिने बताउनुभयो ।

नागरिक समाजका संस्थापक अध्यक्ष निगम हुमागाईंले जेनजीका माग सम्बोधन हुने गरी निर्वाचनमा जानुपर्ने आवश्यकता औँल्याउनुभयो । पत्रकार तथा लेखक घनश्याम खड्काले एक–अर्काप्रतिको नकारात्मक सोच त्याग्न सकेमा मात्र सकारात्मक परिणाम हासिल हुन सक्ने बताउनुभयो । रासस