२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपामा ‘पार्टी छाड्ने’ क्रमबारे केन्द्रीय सदस्य कार्कीको प्रश्न – “आरोप होइन, कारण खोजौँ”



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले पछिल्ला दिनमा नेताहरूले पार्टी त्याग्न थालेको विषय गम्भीर भएर बुझ्नुपर्ने बताएका छन्।

पार्टीका सचिवालय सदस्य सन्तोष परियारले आजमात्रै पार्टी छाडेको घोषणा गरेका छन् । पार्टीभित्र उत्पन्न समस्या समाधानतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिँदै यही प्रसंगमा सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै कार्कीले लेखेका छन्, “समस्या छन्, समाधान खोजौँ। जानेलाई आरोप होइन, छोड्नुको कारण खोजौँ। सामूहिक प्रयास, सामूहिक निर्णयको अभ्यास गरौँ।”

यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि पार्टीबाट राजीनामा दिएकी थिइन्।

कार्कीले केही नेताहरूले ‘समानुपातिकबाट दोहोरिन नपाएर’ मात्र पार्टी छाडेको भन्ने दृष्टिकोण सही नभएको बताए । उनले लेखेका छन्, “सन्तोषले दोस्रो पटक समानुपातिकमा बस्न नपाउने भएपछि छोड्यो भन्ने होला। तर अस्ति सुमनाले छोड्दा त्यस्तो नियम बनाइएकै थिएन, किन छोडिन्रु सांसद नै नभएका केन्द्रीय सदस्य डा. प्रभात र हरिले छोडे। तिनले के नपाएर छोडे? अब प्रत्यक्ष जितेकाले पनि छोड्लान्, तिनलाई के भन्ने?”

रास्वपाभित्र एकपछि अर्को नेतृत्व तहबाट भइरहेको राजीनामाले पार्टीभित्रको असन्तुष्टि सतहमा आएको देखिएको छ। पार्टीले यतिबेला आन्तरिक व्यवस्थापन र असन्तुष्टि समाधान गर्ने चुनौतीको सामना गरिरहेको छ।