१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदाता नामावली दर्ता प्रक्रियामा देखिएको प्राविधिक समस्या समाधान गर्न नेविसंघद्वारा आयोगको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र आम नागरिकको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

संघका सभापति दुजाङ शेर्पा लगायतको समूह शुक्रवार आयोगमा पुगेर निर्वाचनको तयारी र मतदाता नामावली संकलनको प्रणालीमा देखिएका समस्याको बारेमा आयोगको ध्यानाकर्षण गराएको हो । संघका सभापति शेर्पाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै युवा मतदातालाई धेरैभन्दा धेरै निर्वाचनमा सहभागि गराउने, मतदाता नामावली दर्ता प्रक्रियामा देखिएका प्राविधिक समस्या समाधानको समाधानका लागि आयोगलाई सुझाव दिइएको बताउनु भयो । उहाँले प्रवासमा रहेका नेपाली नागरिकहरुलाई समेत मतदानमा सहभागि गराउने विषयमा भइरहेको प्रगतिबारे जानकारी लिइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीको कार्यप्रगतिको विषयमा र कसरी बढीभन्दा बढी युवाहरुलाई मतदानमा सहभागि गराउन सकिन्छ र मतदाता नामावलीमा नाम दर्ता गर्द देखिएका समस्याहरुको समाधानका लागि आयोगको ध्यानाकर्षण गराएका छौं । आम चासोको रुपमा देखिएको विदेशी नागरिकहरुलाई कसरी मतदानमा सहभागि गराउने भन्ने विषयमा के भइरहेको छ भनेर त्यसको कार्यप्रगति के भइरहेको छ  भन्ने विषयमा बुझेका छौं । स्वच्छ, निष्पक्ष र भयरहित वातवरणमा निर्वाचन सम्पन्न गर्न नेविसंघ सधैं आयोगको साथमा रहेको पनि भनेका छौं ।’

सरकारले अगामी २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन तोकेको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान समेत गरिसकेको छ ।