७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

बिहार बिधानसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, सन् १९५१ पछि सबैभन्दा बढी मतदानः निर्वाचन आयोग

बिहार बिधानसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, सन् १९५१ पछि सबैभन्दा बढी मतदानः निर्वाचन आयोग
अ+ अ-

बिहार। भारतको निर्वाचन आयोगले बिहीबार सम्पन्न बिहार विधानसभा निर्वाचन २०२५ शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ। मतदान मा सन् १९५१ पछिको सबैभन्दा उच्च सहभागिता रहेको आयोगले बताएको छ।

आयोगका अनुसार बुधबार सम्पन्न बिधानसभा निर्वाचनमा ६७.१३ प्रतिशत मतदान भएको बिहारका ३८ जिल्लामध्ये कुनै पनि जिल्लामा विवादका कारण पुनः मतदानको अनुरोध नआएको पनि बताएको छ ।

निर्वाचन आयोगको सञ्चारमाध्यमका लागि दिइएको आधिकारिक जानकारी अनुसार नोभेम्बर ६ र ११ मा भएको दुई चरणको निर्वाचनमा दुई हजार ६१६ उम्मेदवार र १२ मान्यता प्राप्त राजनीतिक दलले भाग लिएका थिए ।

“बिहार विधानसभा चुनाव २०२५ मा पुनः मतदानका लागि कुनै पनि आवेदन नपरेको आयोगले जनाएको छ। दुई हजार ६१६ उम्मेदवार र १२ मान्यता प्राप्त राजनीतिक दलले मतदानप्रति असन्तुष्टि प्रकट गर्दै कुनै पनि निवेदन नदिएको आयोगले सञ्चारमाध्यमका लागि जारी सूचनामा भनेको छ।

“अन्तिम मतदाता सूचीमा सात लाख सात करोड ४५ लाख २६ हजार ८५८ मतदाता रहेको बिहारमा एसआइआरको समयमा शून्य अपिल गरिएको छ,” आयोगको सूचनामा भनिएको छ। निर्वाचन आयोगले नोभेम्बर १४ देखि सुरू हुने मतगणनाका लागि व्यापक व्यवस्था पनि गरेको छ ।

मतगणना सबै २४३ विधानसभा निर्वाचन क्षेत्रमा हुनेछ भने यसको निरीक्षण २४३ निर्वाचन अधिकृत, २४३ मतगणना पर्यवेक्षक, उम्मेदवार वा उनीहरूका एजेन्टहरूद्वारा हुनेछ। मत गणनाका लागि बिहारमा कुल चार हजार ३७२ गणना टेबल स्थापना गरिएको छ।

बिहारमा विधानसभाको पहिलो र दोस्रोे चरणको मतगणना शुक्रबार बिहान ८ः०० बजे सुरु हुनेछ । सुरूमा हुलाक मतपत्रबाट मतगणना सुरु हुनेछ र त्यसपछि बिहान ८ः३० देखि इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) गणना हुनेछ। इभिएम गणनाको अन्तिम चरणअघि हुलाकको मतपत्र गणना पूरा गर्नुपर्नेछ।

आयोगले सबैलाई सही र प्रमाणित अपडेटका लागि निर्वाचन आयोगद्वारा स्थापना गरेको यो पोर्टल https//results.eci.gov.in मा मात्र सम्पर्क गर्न र कुनै पनि सुनेको वा अनौपचारिक स्रोतमा भर नपर्न सल्लाह दिएको छ।  (रासस/एएफपी)