१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने

डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने
अ अ+ अ-

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब डिशहोम गो मोबाइल एप मार्फत प्रत्यक्ष हेर्न सकिने भएको छ।

आगामी मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू डिशहोम गो एपमा लाईभ स्ट्रिमिङ हुने डिश मिडिया नेटवर्कले जनाएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले यस पटकको एनपीएलको ओटीटी प्रसारण अधिकार डिश मिडिया नेटवर्कलाई प्रदान गरेको हो। दर्शकहरूले खेल हेर्नका लागि छुट्टै शुल्क तिर्नुपर्नेछ। क्यानले नेपालभित्रका दर्शकका लागि रु. ३००, मध्यपूर्वका दर्शकका लागि रु. ५००, र अन्य देशका दर्शकका लागि १० अमेरिकी डलर शुल्क निर्धारण गरेको छ।

डिशहोम गो एप वा वेबसाइटमार्फत खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिनेछ। दोस्रो संस्करणका खेलहरू युट्युबमा प्रत्यक्ष प्रशारण नहुने पनि कम्पनीले स्पष्ट पारेको छ।

डिशहोम गो एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ। दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरी सजिलै भुक्तानी गरेर विश्वभरबाट सब्स्क्रिप्सन लिन सक्नेछन्।

कम्पनीका अनुसार, डिशहोम गोको नयाँ संस्करण एप हालै गुगल प्ले स्टोरमा उपलब्ध भएको छ भने आईओएस प्रयोगकर्ताका लागि नयाँ एप केही दिनमै लाइभ हुने तयारी गरिएको छ।

उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न डिशहोमले मोबायोटिक्स र अकामाई सँग प्रविधिक सहकार्य गरेको छ। मोबायोटिक्सले विश्वभर प्रयोग हुने ओटीटी प्रणाली निर्माण गर्ने कम्पनी हो। यसै कम्पनीले तयार पारेको प्लेटफर्ममार्फत आईसीसी च्याम्पियन्स ट्रफी २०२५ मा बंगलादेश र भारतबीचको खेल २३ लाखभन्दा बढी दर्शकले सहज रूपमा हेरेका थिए।

त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक कम्पनी हो, जसले भारतमा आईपीएलको डिजिटल प्रसारणका लागि ‘हटस्टार’सँग सहकार्य गर्दै आएको छ। अकामाईले विश्वभरका सर्भरहरू प्रयोग गरेर सामग्रीलाई छिटो, सुरक्षित र भरपर्दो रूपमा प्रयोगकर्तासम्म पु‍र्‍याउने काम गर्छ।

डिशहोमका अनुसार, यी प्रविधिक सहकार्यहरूले एनपीएलका खेलहरूलाई उच्च गुणस्तर र अवरोधरहित रूपमा प्रसारण गर्न मद्दत गर्नेछन्।