१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्छः प्रदेश प्रमुख कर्ण



अ+ अ-

काठमाडौँ । नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पदभार ग्रहण गर्नुभएको छ ।

बिहीवार मधेस प्रदेशमा पुगेर कर्णले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सबै मिलेर काम गरे समस्या समाधान हुने बताउनु भयो । सीताको धर्तीमा सबै सीतारुपी सांसदहरुले स्वागत गर्दा आफू खुशी भएको बताउनु भयो । सबैसँग सहकार्य र समन्वय गरेर नै आफू अघि बढ्ने बताउनु भयो ।

उहाँले आफूलाई जिम्मेवारी बोध भएको र त्यहीअनुसार काम अघि बढाउने बताउनु भयो । सबै प्रदेशवासी मिलेर प्रदेश अघि बढाउनुपर्ने बताउनु भयो । विधिको शासन सबैले मान्नुपर्ने बताउनु भयो ।