२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ससंदीय समितिद्वारा अध्यागमन विभागको अवलोकन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमन विभाग तथा कार्यालयको अवलोकन गरेको छ ।

बिहीवार समितिले विभाग तथा कार्यालयको अवलोकन गरेको हो । विभागको अवलोकनपछि विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन प्रशासनको काम, कारबाही र अधिकारबारे समिति सदस्यहरुलाई जानकार िगराउनुभयो ।

विभागले विदेशी नागरिकलाई आवागमन अनुमति दिने भएपनि नेपाल रहँदा उसले गर्ने गतिविधिको निगरानी गर्ने क्षमता अध्यागमनसँग नरहेको पनि बताउनुभयो । उहाँले विदेशी नागरिकको निगरानीको सवालमा राज्यको कुनैपनि निकायमा छलफलको विषय नभएको उहाँको भनाइ छ ।

उहाँले नेपाली नागरिकलाई विदेश भ्रमणमा कडाई गर्ने तर विदेशी नागरिक जस्तो भएपनि नेपाल प्रवेश गर्ने कुरामा कुनै रोकतोक नगर्ने कुरामा राज्यतर्फबाटै स्वीकारोक्ति रहेको बताउनु भयो । उहाँले अध्यागमनलाई थप प्रभावकारी काम गर्न सक्षम बनाउनेगरी क्षमता विकासका लागि पहल गरिदिन समितिलाई आग्रह समेत गर्नुभयो ।