१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ससंदीय समितिद्वारा अध्यागमन विभागको अवलोकन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमन विभाग तथा कार्यालयको अवलोकन गरेको छ ।

बिहीवार समितिले विभाग तथा कार्यालयको अवलोकन गरेको हो । विभागको अवलोकनपछि विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन प्रशासनको काम, कारबाही र अधिकारबारे समिति सदस्यहरुलाई जानकार िगराउनुभयो ।

विभागले विदेशी नागरिकलाई आवागमन अनुमति दिने भएपनि नेपाल रहँदा उसले गर्ने गतिविधिको निगरानी गर्ने क्षमता अध्यागमनसँग नरहेको पनि बताउनुभयो । उहाँले विदेशी नागरिकको निगरानीको सवालमा राज्यको कुनैपनि निकायमा छलफलको विषय नभएको उहाँको भनाइ छ ।

उहाँले नेपाली नागरिकलाई विदेश भ्रमणमा कडाई गर्ने तर विदेशी नागरिक जस्तो भएपनि नेपाल प्रवेश गर्ने कुरामा कुनै रोकतोक नगर्ने कुरामा राज्यतर्फबाटै स्वीकारोक्ति रहेको बताउनु भयो । उहाँले अध्यागमनलाई थप प्रभावकारी काम गर्न सक्षम बनाउनेगरी क्षमता विकासका लागि पहल गरिदिन समितिलाई आग्रह समेत गर्नुभयो ।