१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्, सरकार निर्वाचनलाई मात्रै टार्गेट बनाएर हिँड्योः सुदन गुरुङ



अ+ अ-

काठमाडौँ ।  जेन–जी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जीका माग पूरा गर्न नसक्ने बताउनुभएको छ ।

बिहीवार निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गुरुङले आफूहरु ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै नलडेको बताउनुभएको हो । उहाँले आफ्ना मागहरु पूरा नभइकन निर्वाचनमा नजाने उद्घोष गर्दै शहीद, घाईतेका मागहरु पूरा हुनुपर्ने बताउनु भयो । सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको भन्दै जेन जी आन्दोलनले न्याय पाउनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी चुनावमा जाँदैनौँ । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, शहीद भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याले धोका दिनुभयो । अहिले आएर चुनावमा जान्छौँ, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ । न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौँ । हाम्रा प्रतिवद्धता पूरा हुन् । हामीले न्याय पाएका छैनौँ । उहाँले न्याय दिने आशा छैन ।’

उहाँले नेपाल सरकारको मात्रै हो भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाउनु भयो । हरेक नेपालीहरु देश बनाउन आउनुपर्ने बताउनु भयो ।