१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न सम्झौता



अ+ अ-

काठमाडौं ।५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न नेपाल राष्ट्र बैंकले छिमेकी राष्ट्र चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ’ सँग सम्झौता गरेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको हो ।

५० दरको ४२ करोड थान नयाँ बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि मिति २०८२/०४/०९  बोलपत्र आह्वान गरिएको थियो । उक्त सम्झौताको मूल्य १०,४२२,५३५.२१ अमेरिकी डलर (करिब एक करोड ४२ लाख रुपैयाँ) रहेको राष्ट्र बैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकले २०८२ साउन ९ गते (तदनुसार २५ जुलाई २०२५) राष्ट्रिय दैनिक दि राइजिङ नेपाल र बैंकको वेबसाइटमार्फत बोलपत्र आह्वान गरेको थियो ।

बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्युनतम मूल्य प्रश्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसनलाई छनोट गरिएको थियो । बैंकले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न गरेको जनाएको छ ।