१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री भण्डारी



अ+ अ-

विराटनगर।  कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले आमनागरिकलाई सुशासन र शान्ति सुरक्षाको प्रत्याभूतिसहित मानव अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मानव अधिकार संरक्षण सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको सिफारिश कार्यान्वयन सम्बन्धी परामर्श कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले आफ्नो अधिकार खोज्दा अरुको अधिकार हनन हुन नदिने तर्फ सचेत रहन आग्रह गर्नुभयो ।

त्यसैगरी मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मानव अधिकार संरक्षण एवं सम्वर्द्धनमा प्रशासनले कुनै कमजोरी हुन नदिने उल्लेख गर्नुभयो ।

सो कार्यक्रममा प्रशासनिक अदालतका पूर्व अध्यक्ष काशीराज दाहालले ‘आयोगको सिफारिश कार्यान्वयनको स्थिति’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यपत्रमा आयोग स्थापना देखि हालसम्म १३ हजार उजुरी परेकामा एक हजार ६८८ फछ्र्यौट भएको र आयोगले सरकारलाई गरेको सिफारिशमा १३ प्रतिशत पूर्ण कार्यान्वय, ३४ प्रतिशत आंशिक र ५१ प्रतिशत कार्यान्वयन नभएको उल्लेख छ । रासस