१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो

राज्यले टिकापुर विद्रोहलाई मात्रै अपराधिक बनायोः रेशमलाल चौधरी

राज्यले टिकापुर विद्रोहलाई मात्रै अपराधिक बनायोः रेशमलाल चौधरी
अ अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपा, नेपाल)का संरक्षक रेशमलाल चौधरीले देशका सबै आन्दोलनहरूलाई सरकारले राजनीतिक रूपमा हेरेपनि टिकापुर आन्दोलनलाई भने अपराधको रूप दिएको आरोप लगाउनुभएको छ ।

बुधवार निर्वाचन आयोगले नाउपा, नेपाललाई दल दर्ताको प्रमाणपत्र दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । राज्यले हालै भएको आन्दोलनलाई पनि राज्यले राजनीतिक बनाएको बताउनु भयो । जेनजी आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकमी दुवै मारिएको उल्लेख गर्नुहुँदै उहाँले त्यस आन्दोलनलाई पनि राजनीतिक रूपमा सम्बोधन गरिएको बताउनु भयो । तर टिकापुर विद्रोहलाई राज्यले अपराधको रूपमा लिएको उहाँको भनाई छ ।

उहाँले यो नै निरकुंशताको प्रतिक भएको बताउनु भयो । नेपालमा रहेको विभेद, अन्याय र राज्यको निरकुंश व्यवहारविरुद्ध आफूहरु लाग्ने उहाँले बताउनुभयो । टिकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा मान्यता दिन र सो आन्दोलनमा संलग्न सबै कैदी र फरार अभियुक्तहरूको मुद्दा फिर्ता गर्न माग गर्नुभयो । उहाँका अनुसार सो घटनामा संलग्न करिब ३० जना अझै पनि फरारको सूचीमा छन् भने तीन सयभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गरिएको छ । उहाँले राज्यले आफूहरुमाथि गरेको अन्याय, दमन र विभेदको माफी माग्नुपर्ने बताउनु भयो । उहाँले टिकापुर घटनाका सबै राजबन्दीलाई तुरुन्त रिहा गर्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो पार्टीले देशभरका सबै उत्पीडित वर्गको आवाज बोक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी समय्र नेपालमा मुद्दा बोक्छौँ । केबल मधेश र तराईको मात्रै होईन । पिछडिएकाहरुको आवाज बोक्छौँ । कर्णालीको त्यतिकै पिडा छ, हिमाली जनताहरुको धेरै पिडा छ, अस्ती म डोल्पा जिल्लाको भ्रमण गरेको थिए, त्यहाँका नागरिकलाई त नेपाल छ, भन्ने नै थाहा छैन । यो कुराको अनुभुत हामीले गराउनुपर्छ । यो हाम्रो देश नेपाल हो । खाली हामीले राज्य संचालकहरुलाई भन्दै आएको कुरा के हो त भन्दाखेरी तपाईहरुले विभेद गर्नुभयो, तपाईहरुले अन्याय गर्नुभयो । हरेक आन्दोलन राजनैतिक भए, हरेक आन्दोलनलाई यो देशले राजनैतिक बनायो, भर्खरै जेनजीको आन्दोलनलाई पनि राजनैतिक बनायो, ७७ जना मान्छे मरे, शहीद भए र यसमा सुरक्षाकर्मी पनि मरे । तर यो आन्दोलनलाई पनि राजनीतिक बनाइयो । दुवै पक्ष खुला रुपमा स–सम्मानका साथ हात मिलाएर हिँडेका छन् । तर यो राज्यले टिकापुर आन्दोलनलाई, टिकापुर विद्रोहलाई यो राज्यले अपराधिक बनायो । त्यसकारणले राज्य निरकुंश छ, हामीमाथी निरकुंश भएर लागेको छ । राज्यले टिकापुर विद्रोहलाई संस्थागत राजनितिक रुपमा रुपान्तरण गर्नुपर्छ । हाम्रा अझैपनि ३० जना साथीहरु फरारको सुचीमा हुनुहुन्छ । तीन सय भन्दा बढीलाई मुद्दा लागेको छ । हाम्रो चेलीहरुमाथी भएको हिंसा र हामीमाथठी भएको अन्याय, दमन र विभेदलाई राज्यले माफी माग्दै हाम्रो आन्दोलनलाई राजनितिक रुपमा स–सम्मानका साथ सम्बोधन गर्नुपर्छ । सम्पूर्ण राजबन्दीलाई रिहाई गर्नुपर्छ ।’

उहाँले आगामी निर्वाचनमा नाउपा, नेपालले कमैया, दलित, मुक्तकमलरी, सुनार, जनजाती र मुस्लिमका युवाहरु र एकल महिलाहरुलाई संसदमा पु¥याउने बताउनुभयो । आफ्नो पार्टीको सिद्धान्त समुदायमा आधारित समाजवाद हुने उहाँको भनाई छ ।