१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्यासलको तस्बिर राख्दै रामकुमारीले लेखिन्ः फेरीएको हाम्रो दिनचर्या



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की नेतृ रामकुमारी झाँक्री ४ वर्षपछि पुनः एमालेमा फर्किइन्। पार्टीमा पुनः प्रवेश गरेकी झाँक्री बुधबार पार्टी मुख्यालय च्यासल पुगेकी हुन्।

पूर्वमन्त्री समेत रहेकी झाँक्रीसहित किसान श्रेष्ठलगायत दर्जनबढी नेता तथा कार्यकर्तालाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए। त्यसपछि उनी आज पहिलोपटक पार्टी कार्यालय च्यासल पुगेकी हुन्।

च्यासल पुगेपछि झाँक्रीले एमाले नेताहरूसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै लेखेकी छन्, “फेरिएको हाम्रो दिनचर्या, पार्टी कार्यालय च्यासलमा।”

उनको साथमा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य राजन भट्टराई, लालबाबु पण्डित, खिमलाल भट्टराईलगायतका नेताहरू पनि देखिएका छन्।

झाँक्री र उनका समूहले २०७८ सालमा माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) रोजेका थिए।

तर, माधव नेपाल पछिल्ला दिनमा माओवादी केन्द्रसहित साना वाम घटकसँग पार्टी एकता प्रक्रियामा अघि बढेपछि झाँक्री समूहले असन्तुष्टि जनाउँदै पुनः एमाले फर्किएको हो।