१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशका असन्तुष्ट सात दलको प्रदर्शन आज पनि जारी



अ+ अ-

जनकपुरधाम । सोमबारबाट आन्दोलनरत मधेश प्रदेशका असन्तुष्ट सात दलले आज पनि प्रदर्शन जारी राखेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै सात दलका सांसदहरू मुख्यमन्त्री कार्यालय अगाडि गेटमा र पारिपट्टि रहेको मिल्स एरियामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले धर्ना, विरोध, नाराबाजी शुरु गरेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मुख्यमन्त्री यादवको नियुक्ति प्रक्रियाविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, लगायतका सांसदहरूले धर्ना दिएका हुन् । सांसदहरू सडकमा धर्नामा बसेपछि सो क्षेत्रमा सवारी आवागमन समेत रोकिएको छ ।