२२ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

आम्दानीको स्रोत बन्यो खोलाको खेती



अ+ अ-

दाङ । खेतबारी वा खोलाको बगरमा गरिएको तरकारी खेतीपाती गरेको सबैलाई जानकारी होला तर बग्ने खोलामा गरिने खेतीका बारेमा धैरैलाई थाहा नहुन पनि सक्छ । दाङका अधिकांश खोलामा मौसमी तरकारी (साग) उत्पादन गर्ने गरिएको छ । यसरी बग्ने खोलामा उत्पादन गरिने भएकाले यसलार्ई ‘खोले साग’ भनिन्छ । तर ठाउँअनुसार यसको नाम भने फरकफरक हुने गरेको छ । कसैले यसलाई ‘सीम साग’ पनि भन्ने गर्दछन् ।

गर्मी मौसममा खेती गरिने सागबाट नै किसानले मनग्य आम्दानी गर्ने गरेका छन् । साग रोपेको एक डेढ महिनामै उत्पादन लिन सकिने र एकपटक काटिसकेपछि पनि निरन्तर उत्पादन भइराख्ने हुनाले कृषकलाई पनि राम्रो फाइदा हुने गरेको छ । गर्मी मौसममा अन्य सागको उत्पादन खासै नहुने हुनाले यसको बजार राम्रो भएको किसान बताउँछन् । फागुनको अन्तिम सातादेखि यो साग बजारमा आउने गर्दछ । पूर्णरूपमा जैविक हुने भएकाले बजारमा खोले सागको माग धेरै नै रहेको कृषक नारायणी पुन बताउनुहुन्छ । घर छेउकै घोराहीको सेवार खोलामा उहाँले सागको खेती गर्नुभएको छ । “अन्य तरकारी बिक्रीका लागि बजारसम्म पु¥याउनुपर्छ तर खोले साग किन्न ग्राहक खोलामै आउँछन्”, पुनले भन्नुभयो । रोगले पनि नसताउने, हेरचाह धेरै गर्नु नपर्ने भएकाले खोले साग खेती गर्ने गरेको उहाँले बताउनुभयो । मौसममा मासिक आठदेखि १० हजारसम्मको व्यापार गर्ने गरेको पुनले बताउनुभयो ।

जिल्लामा रहेका दर्जनौँ खोलामा यसरी नै खोले सागको खेती गरेको देख्न सकिन्छ । खोले सागको खेतीबाट हरेक दिन धेरैले आफ्नो दैनिक गर्जोसमेत टार्ने गरेका छन् । साग बिक्रीबाट दैनिक करिब एक हजार आम्दानी हुने कृषक जयसरी केसी बताउनुहुन्छ । अन्य खेती गर्नका लागि गर्मी मौसम अनुकूल नभए पनि खोले सागको खेतीले दैनिकी चलेको केसीको भनाइ छ । एक पटक रोपेपछि निरन्तर उत्पादन लिन सकिने भएकाले यसको खेती गर्ने किसान बढ्दै गएको केसीले बताउनुभयो । “एक पटक काटेपछि खरानी तथा गाईभैँसीको गोबर मल प्रयोग गरी यसको उत्पादन बढाउँछौँ तर कसैले उत्पादन बढाउने नाममा युरिया मल प्रयोग गर्ने गरेका छन्”, केसीले भन्नुभयो । अहिले कटुवा खोला तथा चमै सोतामा मात्रै करिब ५० कृषकले यो साग रोपेको उहाँले जानकारी दिनुभयो । “साग खरिद गर्ने ग्राहक घरमै खोज्न आउनुहुन्छ, २० रुपैयाँ मुठामा बिक्री गर्छांै”, केसीले भन्नुभयो ।

दाङमा उत्पादन हुने यो साग बुटवल, नेपालगञ्जलगायतका शहरमा समेत बिक्रीका लागि जाने गरेको कृषकको भनाइ छ । दाङको कटुवा खोला, सेवार खोला सङ्ग्राम खोला र अन्य थुप्रै खोलामा यस प्रकारको साग उत्पादन हुन्छ । कात्तिक, मङ्सिरमा रोपेको साग फागुन महिनादेखि बिक्री वा खानका लागि तयार हुन्छ भने वैशाख, जेठसम्म निरन्तर उत्पादन हुने गरेको छ ।