१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट निस्कासित भएपछि ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर राजनीति गरिरहेका नेता भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।

नेकपा एमालेका पूर्वउपाध्यक्षसमेत रहेका रावल आज काठमाडौँमा कार्यक्रम गरेर नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका हुन् ।

उनलाई नेकपाले पार्टीको हाइकमाण्डमा सदस्य रहने गरी जिम्मेवारी दिने छ ।

गत आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार भएका हुन् ।

काठमाडौंको भृकुटीमण्डपमा हुने ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेका हुन् ।