१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट निस्कासित भएपछि ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर राजनीति गरिरहेका नेता भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।

नेकपा एमालेका पूर्वउपाध्यक्षसमेत रहेका रावल आज काठमाडौँमा कार्यक्रम गरेर नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका हुन् ।

उनलाई नेकपाले पार्टीको हाइकमाण्डमा सदस्य रहने गरी जिम्मेवारी दिने छ ।

गत आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार भएका हुन् ।

काठमाडौंको भृकुटीमण्डपमा हुने ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेका हुन् ।