१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदाता नामावली दर्ता गराउनेको चाप बढ्यो, निर्वाचन कार्यालय बिहान ८ बजेदेखि सञ्चालन



अ+ अ-

सुर्खेत। सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार नयाँ मतदाता नामावली दर्ता खुला भएको सुरुका दिनमा दर्ता गराउनेको सङ्ख्या न्यून थियो ।

तर पछिल्ला केही दिनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ । दैनिक २५० जनाको हारहारीमा नयाँ मतदाता नामावली बनाउन आउने गरेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख नन्दाराम चौलागाईंले जानकारी दिनुभयो ।

मतदाता नामावली दर्ता गराउनेको चाप बढेपछि अहिले बिहान ८ बजेदेखि नै कार्यालय खोलेर काम गरिएको चौलागाईंको भनाइ छ । “आयोगले मतदाता नामावली दर्ता गर्ने कार्य सुरु गरेको सुरुका दिनमा पाँच/सातजना मात्रै दर्ता गर्न आउनुहुन्थ्यो”, उहाँले भन्नुभयो,” अहिले नेपाल टेलिकमको व्याकट्युन राख्न थालिएपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेको चाप बढेको छ, अहिले दैनिक २५० जनासम्म नयाँ मतदाता थपिएका छन् । चाप बढेपछि हामीले कार्यालय बिहान ८ बजेदेखि खोलेर काम गरिरहेका छौँ ।”

उहाँकाअनुसार आजसम्म सुर्खेत जिल्लामा मात्रै एक हजार ७०० नयाँ मतदाता थपिएका छन् । कात्तिक ३० गतेसम्म दर्ता गर्ने समय भएकाले यो सङ्ख्या अझै बढ्ने उहाँको भनाइ छ ।

गत चैतसम्मको अध्यावधिक विवरणअनुसार सुर्खेतमा पुरुष मतदाता एक लाख १९ हजार ३८९ छन् भने महिला मतदाता एक लाख २५ हजार २८५ जना गरी जम्मा दुई लाख ४४ हजार ६७४ जना रहेका छन् ।

कर्णालीभर नौ लाख आठ हजार ४३३ जना मतदाता रहेका छन् । अब नयाँ मतदाता थपिएसँगै करिब दश लाख मतदाता पुग्ने आंकलन गरिएको छ । रासस