२२ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे रणनीति आवश्यक : मन्त्री भट्टराई



अ+ अ-

काठमाडौं । पर्यटन क्षेत्रको दिर्घकालिन विकासका लागि १० वर्षे रणनीति आवश्यक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार काठमाडौंमा आयोना गरेको प्रदेश समन्वय गोष्ठीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि १० वर्षे साझा रणनीति निर्माण गर्नुपर्ने बताउनुभएको हो । उहाँले १० वर्षमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले निर्माण गर्नुपर्ने सबै पर्यटकीय पूर्वाधारहरुको निर्माण सम्पन्न गर्ने र १५ औं योजनाले लिएका लक्ष्यहरु पुरा गर्नेगरी रणनीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि केन्द्र सरकार एक्लैले केही गर्न नसक्ने उल्लेख गर्दै तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले सबैले मिलेर लगानी गर्ने र मिलेरै फाइदा लिने गरी आयोजनाहरु निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भट्टराईले ७ वटै प्रदेशमा पर्यटकीय सूचना केन्द्रको स्थापना गर्नुपर्ने, सांस्कृतिक तथा धार्मिक सम्पदाहरुलाई पुजापाठ गर्ने क्षेत्रको रुपमा मात्र नभएर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने, कर्णालीलाई जैविक विभिदताको पर्यटनका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले पर्यटकहरुको बसाइ लम्ब्याउन नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्नुपर्ने, काठमाडौं उपत्यका भित्र रहेका ७ वटा विश्व सम्पदा सूचिमा परेका क्षेत्रलाई जोडनुपर्ने लगायतका योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटकहरुको रोयल्टी तथा शुल्क उठाउन सेन्ट्रल कलेक्सन सेन्टरको विकास गरी सबैठाउँमा शुल्क बुझाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

सरकारले विगत २ वर्षदेखि १ सय वटा पर्यटकीय गन्तव्यका लागि बजेट निकासा गरिरहेको तर मन्त्रालयलाई त्यसको प्रभावकारिताको विषयमा कुनै सूचना नरहेको बताउनुभयो । त्यस्तै कामाडौंमा सबै होटलहरुमा क्यासिनो सञ्चालन गर्न आवश्यक नरहेको तर कुनै निश्चित ठाउँलाई क्यासिनो जोनको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारहरुले आन्तरिक तर्फ आफ्नै हवाई जाहाज सञ्चालन गर्न सक्ने समेत बताउनुभयो ।