१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्र एक–अर्कामाथि लाञ्छना लगाउने प्रवृत्ति आत्मघातिः काँग्रेस प्रवक्ता महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक–अर्कामाथि लाञ्छना लगाउने तथा आफ्नै सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु आत्मघाति भएको टिप्पणी गर्नुभएको छ ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन छिटोभन्दा छिटो  गर्नुपर्ने कुरामा नेताहरुबीच एकमत रहेपनि सहमति जुट्न नसकेको बताउनु भयो ।

उहाँकाअनुसार बैठकमा राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो  आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त छ ? र सँगसँगै त्यसको लागि हाम्रो यथेष्ट तयारी समेत पुगेको अवस्था भए नभएको विषयमा छलफल केन्द्रित रहेको छ । उहाँले बैठकको अन्त्यसम्ममा महाधिवेशनबारे पार्टीको आधिकारिक निर्णय हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा एकमत छ । र चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुपर्छ भन्ने विषयमा पनि कुनै विमति छैन । तर राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो  आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त छ ? र सँगसँगै त्यसको लागि हाम्रो यथेष्ट तयारी समेत पुगेको अवस्था छैन भन्ने विषयवस्तुमै छलफल केन्द्रित छ । तर बैठकको अन्त्यसम्ममा समान निष्कर्षमा पुग्छौं भन्नेमा मेरो विश्वास छ । पार्टीभित्रैबाट सामाजिक सञ्जालमा लाञ्छाना लगाउने, आफ्नै साथिभाईलाई होच्याउने र नियोजित रुपमा प्रयोग गर्ने जुन प्रवृत्ति छ त्यो अहात्मघाति छ भनेर मैले अस्ति नै केन्द्रीय समितिको बैठकबमा पनि भनेको छु । हामीले सरकारले वातावरण बनाएको अवस्थामा निर्वाचनमा सहभागि हुने र नभए संसद पुनःस्थापनाको मागलाई दह्रोसँग उठाउने विषयमा एकमत छ ।’

निर्वाचनअघि महाधिवेशन हुनै नसक्ने संस्थापन पक्ष, चुनावमा नयाँ नेतृत्व लिएर मात्रै जानुपर्ने दुई महामन्त्री र संस्थापनइतरको अडानले काँग्रेसभित्र आन्तरिक टकराव चुलिएको छ ।