१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीलाई होटलमा शपथ गराएको घटनाबारे काँग्रेस नेता पौडेलको टिप्पणीः ‘संघीयतामाथिको प्रहार’



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई होटलमा शपथ ग्रहण गराएको घटनालाई संघीयतामाथिको प्रहारका रूपमा टिप्पणी गर्नुभएको छ ।

मंगलवार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले राज्य संरचना प्रचलित राज्यप्रणालीअनुसार नै सञ्चालन हुनुपर्ने बताउँदै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदीय मार्यादा र पद्धति पालना नगरेको आरोप पनि लगाउनुभयो । उहाँले मधेस प्रदेशमा पदीय मर्यादाविपरीत कार्य भएको दाबी गर्दै प्रदेश प्रमुखको आचरणले संघीय अभ्यासमाथि नै प्रश्न उठाएको टिप्पणी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राज्यको संरचना राज्य प्रणालीअनुसार नै चल्छ । राज्य प्रणालीका आफ्नै मर्यादाहरु हुन्छन् । यी मर्यादाहरुको पालना गर्ने काम जिम्मेवार अधिकारीको हुन्छ । त्यसकारण मर्यादा कायम भएन र पद्धतिसंगत ढंगले काम भएन भने राज्य संरचना पूर्णरुपमा असफल हुन्छ । अहिले मधेश प्रदेशको हकमा समेत मर्यादा कायम नगरेको, पद्धतिअनुसार काम नगरेको देखियो । एक त व्यापक निराशा भएको अवस्थामा प्रदेश प्रमुखले गरेको काम पदीय मर्यादाविपरित थियो । यस्ता कुरा आफूलाई थाहा छैन भनेपनि राज्यका अन्य निकायहरुसँग बुझेर तथा सल्लाह लिनुपर्छ । कुनै दलको मान्छे सार्वजनिक पदमा गइसकेपछि पार्टीका लागि जे पनि गर्ने सोच बोकेको हुनुहुदैन । त्यसकारण मधेशमा पछिल्लो पटक भएको घट्नाले संघीयतामाथि प्रहार भएको देखियो ।’

तत्कालीन प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री यादवको बर्दिवासस्थित एक होटलमा शपथ ग्रहण गराउनुभएको थियो । पदीय मर्यादा कायम गर्न नसकेको भन्दै प्रमुख भण्डारीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरिसक्नुभएको छ ।