२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीलाई होटलमा शपथ गराएको घटनाबारे काँग्रेस नेता पौडेलको टिप्पणीः ‘संघीयतामाथिको प्रहार’



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई होटलमा शपथ ग्रहण गराएको घटनालाई संघीयतामाथिको प्रहारका रूपमा टिप्पणी गर्नुभएको छ ।

मंगलवार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले राज्य संरचना प्रचलित राज्यप्रणालीअनुसार नै सञ्चालन हुनुपर्ने बताउँदै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदीय मार्यादा र पद्धति पालना नगरेको आरोप पनि लगाउनुभयो । उहाँले मधेस प्रदेशमा पदीय मर्यादाविपरीत कार्य भएको दाबी गर्दै प्रदेश प्रमुखको आचरणले संघीय अभ्यासमाथि नै प्रश्न उठाएको टिप्पणी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राज्यको संरचना राज्य प्रणालीअनुसार नै चल्छ । राज्य प्रणालीका आफ्नै मर्यादाहरु हुन्छन् । यी मर्यादाहरुको पालना गर्ने काम जिम्मेवार अधिकारीको हुन्छ । त्यसकारण मर्यादा कायम भएन र पद्धतिसंगत ढंगले काम भएन भने राज्य संरचना पूर्णरुपमा असफल हुन्छ । अहिले मधेश प्रदेशको हकमा समेत मर्यादा कायम नगरेको, पद्धतिअनुसार काम नगरेको देखियो । एक त व्यापक निराशा भएको अवस्थामा प्रदेश प्रमुखले गरेको काम पदीय मर्यादाविपरित थियो । यस्ता कुरा आफूलाई थाहा छैन भनेपनि राज्यका अन्य निकायहरुसँग बुझेर तथा सल्लाह लिनुपर्छ । कुनै दलको मान्छे सार्वजनिक पदमा गइसकेपछि पार्टीका लागि जे पनि गर्ने सोच बोकेको हुनुहुदैन । त्यसकारण मधेशमा पछिल्लो पटक भएको घट्नाले संघीयतामाथि प्रहार भएको देखियो ।’

तत्कालीन प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री यादवको बर्दिवासस्थित एक होटलमा शपथ ग्रहण गराउनुभएको थियो । पदीय मर्यादा कायम गर्न नसकेको भन्दै प्रमुख भण्डारीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरिसक्नुभएको छ ।