२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको सभापति तुलसाकुमारी दाहालले बताउनु भयो । उहाँकाअनुसार प्रतिवेदनमा समितिले वर्षभरी समसामयिक विषयमा गरेका निर्णयहरु उल्लेख गरिएको छ ।

उहाँले समितिले प्रदेश तथा स्थानीय तहसँगको छलफल तथा अध्ययनका लागि सुदूरपश्चिम जाने निर्णय गरेको पनि बताउनुभयो । उहाँका अनुसार अध्ययनका लागि सुदूरपश्चिम जानको लागि मिति तोक्न बुधवार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने पनि बताउनु भयो ।

जेन–जी विद्रोहपछि पहिलो पटक संसदीय समिति छलफल तथा अनुगमनका लागि उपत्यका बाहिर जान लागेको हो ।