१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

काेराेना जीवाणुकाे संक्रमणबाट विश्वभर ६ हजार ४५५ काे मृत्यु, डेढ लाख बढी संक्रमित

काेराेना जीवाणुकाे संक्रमणबाट विश्वभर ६ हजार ४५५ काे मृत्यु, डेढ लाख बढी संक्रमित
अ अ+ अ-

काठमाडाैंः

प्राणघातक काेराेना भाइरसबाट विश्वका धनी, गरिब दुबै किसिमका मुलुकलाइ नराम्राेसँग प्रताडित बनाएकाे छ । चीनकाे हुबे प्रान्तबाट शुरू भएकाे याे राेगबाट मृत्यु हुने व्यक्तिकाे संख्या चैत २ गते साँझसम्म विश्वभर ६ हजार नाघेकाे छ । मृत्यु हुनेकाे संख्या दिनहुँ बढिरहेकाे र जटिल अवस्थामा रहेका व्यक्तिकाे संख्या अझै ५ हजारभन्दा बढी देखिएकाले मृतककाे संख्या अझ बढ्ने खतरा छ ।

पछिल्लाे विवरण अनुसार सबैभन्दा बढी व्यक्ति चीनकाे हुबे प्रान्तमै संक्रमित भएकाे पाइएकाे छ । यही कारण यहाँ मृतककाे संख्या र संक्रमित व्यक्तिकाे संख्या दुबै बढी छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार हुबेमा ८० हजार ८४९ जनामा संक्रमण देखिएकाे छ भने मृतककाे संख्या ३१९९ पुगेकाे छ । पछिल्लाे पटक यहाँ २५ जना नयाँ राेगी फेला परेका छन् भने १० जनाकाे मृत्यु भएकाे छ । शुरूका दिनमा क्वारेन्टाइनकाे विषयलाइ मानव अधिकारसँग जाेड्ने गरिए पनि चीनले काेराेना भाइरस फैलन नदिन गरेकाे प्रयासलाइ अहिले निकै सकारात्मक भन्न थालिएकाे छ । यही प्रकृया अरू देशमा पनि अबलम्बन गरिएकाे छ । इटाली र स्पेनले मुलुकलाइ लक्ड डाउन गरेका छन् अर्थात कसैलाइ पनि हिँडडुल नगर्न, भेला नहुन, बिरामी भए तत्काल खबर गर्न भनिएकाे छ ।

काेराेनाबाट दाेस्राे सर्वाधिक प्रभाव परेकाे मुलुक इटाली हाे । इटालीमा १,८०९ जनाकाे मृत्यु भइसकेकाे छ भने २४,७४७ जना संक्रमित छन् । यहाँ अाइतबार एकै दिन ३६८ जनाकाे ज्यान गएकाे छ भने ३,५९० जना नयाँ राेगी फेला परेका छन् । युराेपेली मुलुकहरूमा सबैभन्दा बढी वृद्धहरूकाे जनसंख्या रहेकाे इटालीमा काेराेनाकाे कहर थामिनसक्नु हुँदैछ । पछिल्लाे विवरण अनुसार अझै १,६७२ जना गम्भीर अवस्थामा छन् ।

इरानकाे अवस्था पनि उत्तिकै खतरापूर्ण देखिएकाे छ, र यहाँ पनि लगातार नयाँ राेगी फेला परिरहेका छन् । यहाँ १३,९३८ जना संक्रमित रहेका छन् । हालसम्म ७२४ जनाकाे मृत्यु भइसकेकाे इरानमा अाइतबार एकै दिन ११३ जनाकाे ज्यान गएकाे थियाे ।

युराेपेली मुलुकहरू स्पेनमा पनि परिस्थिति जटिल बन्दै गएका कारण सरकारले अापतकाल घाेषणा गरिसकेकाे छ । यहाँ २९२ जनाकाे मृत्यु भइसकेकाे छ । यस्तै जर्मनीमा ११, फ्रान्समा ९१, स्वीट्जरल्यान्डमा १४, बेलायतमा ३५, नर्वेमा ३, नेदरल्यान्ड्समा २०, स्वीडेनमा ३, बेल्जियममा ४, डेनमार्कमा २, अस्ट्रियामा १, ग्रीसमा ४, अायरल्यान्डमा २, पाेल्यान्डमा ३ काे मृत्यु भएकाे छ । यी देशमा काेराेना संक्रमितकाे संख्या दशाैं हजार पुगिसकेकाे छ ।

चीनकाे छिमेकी मुलुक दक्षिण काेरियामा ७५ जनाकाे मृत्यु भएकाे छ भने ८ हजारभन्दा बढी संक्रमित भएका छन् । जापानमा पनि २४ जनाले ज्यान गुमाइसकेका छन् । संयुक्तराज्य अमेरिकामा ६२ जनाकाे मृत्यु भएकाे छ भने ३,२८० जना संक्रमित भएका छन् । फिलिपिन्स, फिलिपिन्स र थाइल्यान्डसमेतका मुलुकहरू प्रभावित भएका छन् । छिमेकी मुलुक भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशमा पनि काेराेनाबाट संक्रमित व्यक्ति भेटिएका छन् । भारतमा त २ जनाकाे मृत्यु भएकाे छ ।

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले काेराेना संक्रमणबाट अाफ्नाे मुलुकलाइ जाेगाउन युराेपका कुनै पनि मुलुकबाट मानिसलाइ अमेरिका प्रवेश गर्नबाट प्रतिबन्ध नै लगाउनु भएकाे छ । शुरूमा बेलायत र अायरल्यान्ड बाहेकका युराेपेली मुलुकका नागरिकमाथि प्रतिबन्ध लगाएका ट्रम्पले बेलायत र अायरल्यान्डमा पनि काेराेना संक्रमित व्यक्तिहरू भेटिएपछि अमेरिकाले नयाँ घाेषणा गरेकाे छ । अमेरिका, अस्ट्रेलिया समेतका कैयन देशले काेराेना प्रभावित मुलुकका नागरिकलाइ अाफ्ना देश प्रवेशमा राेक लगाइसकेका छन् ।