१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति

जनताको पक्षमा इमान्दार भएर काम गर्दा भाग्नुपर्ने स्थिति आउँदैनः सुनिल शर्मा

जनताको पक्षमा इमान्दार भएर काम गर्दा भाग्नुपर्ने स्थिति आउँदैनः सुनिल शर्मा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले जनताको पक्षमा इमान्दार भएर काम गर्दा कोही भाग्नुपर्ने स्थिति नआउने बताउनुभएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको पक्षमा काम गर्दा खादा, माला, प्रेम, सहानुभुति र सद्भाव पाइने र जल्नुपर्ने, भाग्नुपर्ने, जनताबाट डराउनुपर्ने स्थिति स्थिति नआउने बताउनु भयो । देशका १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये मोरङको क्षेत्र नम्बर ३ रोलमोडल क्षेत्र भएको दाबी गर्नुभयो । कुनै समय अमेरिकन, ब्रिटिश, युरोपियन, भारतीय अध्ययनकर्ताहरुको अनुसन्धानको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल शिलान्यास गरिएको हो ।

करिव ३० वर्षदेखि स्थानीयको मुख्य आवश्यकता मानिँदै आएको सो पुलको शिलान्यास पूर्वसांसद एवं नेपाली काँग्रेसका युवा नेता डा. शर्माले गर्नुभयो । सो क्रममा शर्मालाई स्थानीयले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमालासहित स्वागत गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य गीता तिम्सिना, प्रदेश सांसद मानवबहादुर लिम्बू, पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो, उपमेयर, वडाध्यक्ष तथा अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । स्थानीयकाअनुसार गोहीहोली खोलामा पुल नहुँदा यहाँको जनजीवन लामो समयदेखि प्रभावित हुँदै आएको थियो । वर्षा याममा आवत–जावत जोखिमपूर्ण मात्र नभइ स्वास्थ्य उपचार, शिक्षा, व्यापार–व्यवसाय र दैनिक क्रियाकलापमै बाधा पर्ने समस्या थियो । पिपलचोकलाई किरातिचोकसँग जोड्ने सो पुल ७ करोड ८३ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने भएको छ ।

उहाँले भन्नुभयो, ‘जनताको पक्षमा इमान्दार भएर काम गर्ने हो भने यसरी माला, खादा, तपाईंहरुको प्रेम, सहानुभुति, सद्भाव पाइँदो रहेछ नि । भाग्नुपर्ने, जल्नुपर्ने, जनताबाट डराउनुपर्ने स्थिति वा जनतासँग भेट्न जाँदा प्रहरी वा सेना राखेर जानुपर्ने स्थिति नहुँदो रहेछ । मुलुकको १ सय ६५ क्षेत्रमा मोरङको क्षेत्र नम्बर ३ रोलमोडल क्षेत्र हो । कुनै दिन यस्तो दिन पनि आउनसक्छ । अमेरिकन, ब्रिटिश, युरोपियन, भारतीय रिसर्चरहरुले किन यो क्षेत्रका जनताले छानि छानि विवेक प्रयोग गरेर किन राम्रा मान्छेलाई भोट हाल्दा रहेछन् भनेर अनुसन्धानको विषय बन्नसक्छ ।’

पुल बनेपछि करिव हजारौँ जनताको दैनिक आवत–जावत सहज हुने, कृषिजन्य वस्तुको बजार पहुँच बढ्ने र स्थानीय व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार सहयोग र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण मोरङ क्षेत्र नं ३ मात्र होइन, देशभर नै लोकप्रिय युवा नेताका रूपमा चिनिनुहुन्छ । राजनीतिमा जनविश्वास घट्दै गएको समयमा भ्रष्टाचारविरुद्धको स्पष्ट आवाज, व्यवहारिक नेतृत्वशैली र सेवा–धर्ममा आधारित कार्यशैलीले शर्माप्रति स्थानीयको भरोसा झनै गहिरिँदै गएको सर्वसाधारणले बताए ।