२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी नाकामा प्रत्येक यात्रुको ज्वरो नाप



अ+ अ-

यात्रु जाँच गर्ने स्वास्थ्यकर्मीलाई छैन तालिम

विश्वमा फैलिरहेको नोबल कोरोना भाइरस भित्रन नदिन भारतसँग सीमा जोडिएको पूर्वी नाका काँकडभिट्टामा उच्च सतर्कता बढाइएको छ । नेपालको पूर्वी नाका काँकडभिट्टा र भारतको पानीट्यांकी नाकामा सबै यात्रुको ज्वरो जाँच गर्न सुरु गरिएको छ । यसअघि काँकडभिट्टामा रहेको कोरोना परामर्श केन्द्रका स्वास्थ्यकर्मीले शंका लागेका व्यक्तिको मात्र ज्वरो नप्दै आएका थिए । तर, शनिबारदेखि भारतबाट नेपालतर्फ आउने प्रत्येक यात्रुको ज्वरो जाँच गर्न सुरु गरिएको छ । भारतले पनि नेपालबाट जाने प्रत्येक पैदल यात्रु र गाडीमा जाने यात्रुको ज्वरो नाप्न सुरु गरेको छ ।

दुवैतर्फ एकाएक जाँच गर्दा नेपाल–भारत सीमाको मेचीपुलमा शनिबार र आइतबार दिनभर सवारी जाम भए । जाँचलाई अझ प्रभावकारी बनाइने मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताइन् । ‘शनिबारबाट नाका भएर आउने सबै यात्रुको ज्वरो नाप्न सुरु गरेका छौँ,’ उनले भनिन्, ‘यसले गर्दा संक्रमणको जोखिम न्यून गर्न सकिन्छ ।’ काँकडभिट्टा नाकासहित जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा झापाका ६ स्थानमा कोरोना हेल्प डेस्क राखिएको छ ।

काँकडभिट्टासँगै गौरीगन्ज, भद्रपुर नाका, भद्रपुर विमानस्थल, झापा गाउँपालिकाको कुरमखोद नाका र कचनकवलको बनियानीमा परामर्श केन्द्र राखिएको स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य संयोजक जीवन चम्लागाईंले जानकारी दिए । ‘यी नाकामा ज्वरो नाप्न इन्फ्रारेड थर्मोमिटर छ । स्वास्थ्यकर्मीले शरीरमा नछोई ज्वरो जाँच्छन्,’ उनले भने, ‘ज्वरोसँगै खोकी आए/नआएको र रुघा लागे नलागेको सोध्ने गरेका छौँ ।’ प्रत्येक यात्रुको स्वास्थ्य जाँच गर्न थालेपछि ज्वरो जाँच अस्तव्यस्त देखिएको छ । भारततर्फबाट आएका नेपाली वा अन्य मुलुकका सबैको ज्वरो जाँच गर्नुपर्दा अव्यवस्थित भएको छ ।

यात्रुुको भिडका कारण स्वस्थ्यकर्मीले राम्ररी जाँच गर्न पाएका छैनन् । भिडभाडमा हतार–हतार नै उनीहरूको ज्वरो जाँच भइरहेको छ सयौँ यात्रुलाई जाँच गर्न दुईजना स्वास्थ्यकर्मी मात्र परिचालित छन् । तर, मेचीनगरकी उपप्रमुख उप्रेतीले जनशक्ति कम हुन नदिने बताइन् । ‘हामीले थप स्वास्थ्यकर्मी नाकामा खटाएका छौँ । केही स्वास्थ्यकर्मी नगरमा दैनिक ज्यालादारीमा पनि ल्यायौँ,’ उनले भनिन्, ‘कोरोना चेकजाँचमा जनशक्तिको कमी हुन दिँदैनौँ ।’तर, एकैपटक यात्रुको ज्वरो नाप्दा कोरोना सर्ने खतरा भएको भने उनले स्वीकार गरिन् । ‘

हामीले सबैको ज्वरो नाप्न शनिबारबाट सुरु गरेका हौँ । हामीले नै भिडभाडमा नजाऔँ भनिरहेका वेला यसले खतरा त ल्याएको छ,’ उनले भनिन्, ‘सर्वदलीय बैठक पनि बसिसकेका छौँ । छिट्टै महिला, पुरुष, अशक्तलगायतको छुट्टै लाइन बनाएर व्यवस्थित गर्छौँ ।’ झापाका ६ वटै नाकामा खटाइएका स्वास्थ्यकर्मीलाई तालिम दिइएको छैन ।

उनीहरूलाई सामान्य प्रचार र पम्प्लेटका भरमा यात्रुलाई कोरोना जाँच्न खटाइएको छ । कोरोनाबारे आधारभूत तालिम दिनुपर्ने मेची अस्पताल (पहिलाको अञ्चल अस्पताल)का मेडिकल सुपरिटेन्डेन्ट डा। पीताम्बर ठाकुर बताउँछन् । ‘महिला महामारी रोगका बारेमा तालिम लिएकाले त जसोतसो गर्छ । तर, नयाँलाई थाहा हुँदैन,’ उनले भने, ‘त्यसकारण तालिम त दिनुपर्छ ।’ नयाँ पत्रिका दैनिक




भर्खरै