२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषि धमलादेखि ज्योति मगरसम्म डान्सिङ स्टारमा



अ+ अ-

काठमाडौं । पत्रकार ऋषी धमला, नेपाल आइडल विजेता बुद्ध लामा, गायिका ज्योति मगरदेखि, अभिनेता अनुपबिक्रम शाहीसम्म अब आपसी नृत्य प्रतियोगितामा उत्रने भएका छन् । उनीहरू यति बेला नृत्यको अभ्यास तयारीमा जुट्दै छन् । बीबीसी स्टुडियोको फम्र्याटमा आधारित रहेको विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ स्टार’को नेपाली संस्करण ‘डान्सिङ विथ स्टार नेपाल’मा यी सेलिब्रेटीको नृत्य हेर्न पाइनेछ । आइतबार राजधानीमा एक समारोहबीच यो यो कार्यक्रमको घोषणा गरिएको छ । यो प्रतियोगिताको निर्णायकमा अभिनेत्री गौरी मल्ल, निर्देशक तथा करियोग्राफर रेनशा बान्तवा राईलाई पनि कार्यक्रममा सार्वजनिक गरियो ।

बाँकी एक निर्णायक चाँडै सार्वजनिक गरिने आयोजक पक्षले जनाएको छ । यो कार्यक्रमलाई हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्ने भएको छ । वैशाखको पहिलो साताबाट यो टेलिभिजनमा यो कार्यक्रम प्रसारण हुने आयोजक पक्षले जनाएको छ । बेलायत, अमेरिका, अस्ट्रेलियासहित डान्सिङ विथ स्टारको संस्करण विश्वको ६० भन्दा बढी मुलुकमा प्रसारण भइरहेको छ । भारतमा यो रियालिटी सो ‘झलक दिखलाजा’को नाममा प्रशारण हुँदै आएको आयोजक पक्षले जनाएको छ । आइतबार आयोजित कार्यक्रममा यस सोका निर्णायक, सेलिब्रेटी कन्टेस्टेन्ट, करियोग्राफर र होस्ट सार्वजनिक गरिएको छ । जसमा १२ जना स्टार केन्टेस्टेन्ट र १२ जना कोरियोग्राफर रहेका छन् ।

जसमा सेलिब्रेटी कन्टेस्टेन्ट तर्फ पत्रकार ऋषि धमला, अभिनेता अनुपविक्रम शाही, नेपाल आइडल विजेता बुद्ध लामा, गायिका ज्योति मगर, नायिका सुमी मोक्तान, मैथिली अभिनेत्री पूजा ठाकुर, मिस नेपाल युनिभर्स मनिता देवकोटा, फुटबल खेलाडी अनिल गुरुङ, हास्यकलाकार उमेश राई, बाल बलाकार दिवांशी बैदवार, दृष्टिविहीन सृष्टि केसी, टिकटक कलाकार ट्विन्‍स दीपा (दमन्ता) रहेका छन् ।

यी १२ जना प्रतियोगीसँग १२ जना कोरियोग्राफर हुनेछन् । यो प्रतियोगितामा करियोग्राफरका रूपमा युमी बलामी, राजिवकुमार कर्ण, कविता नेपाली, प्रवीण विक, विजय पर्की, केशव थापा, प्रमोदकुमार भण्डारी, शुभम भुजेल, लाउरे सिंह, कोमल पाण्डे, केविका खत्री, सुनिल विक रहेका छन् । यो प्रतियोगितामा विजेताले २५ लाख नगद र गाडी पुरस्कार पाउने हिमालय टेलिभिजनका श्याम कँडेलले पत्रकार भेटघाटका क्रममा जानकारी गराए । प्रतियोगीले पनि आफूहरू यो प्रतियोगितामा प्रस्तुत हुन उत्साहित रहेको कार्यक्रममा बताए । राजधानी दैनिक




भर्खरै