१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा शक्तिशाली विष्फोट: ८ जनाको मृत्यु, २४ घाइते



अ+ अ-

काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिकै सोमबार साँझ भएको विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य सात जना सख्त घाइते भएका छन्।

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन् ।

दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । उनले भने, “अहिलेसम्म, म तपाईंलाई केही भन्न सक्दिन। घटनाबारे अनुसन्धान भइरहेको छ ।”

घटनास्थलमा पुगेका डिआइजी सिआरपिएफले केही भन्न हतार हुने बताउनुभयो, “म घटनास्थलमा जाँदैछु,” उहाँले भन्नुभयो।

अग्नि नियन्त्रण कार्यालयका उप प्रमुख एके मलिकले चाँदनी चोक मेट्रो स्टेशन नजिकै एउटा कारमा विस्फोट भएको जानकारी प्राप्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले घटनालगत्तै प्रतिक्रिया दियौँ र सात युनिटहरू घटनास्थलमा पठाइयो। विस्फोटपछि लागेको आगो साँझ ७ः३० सम्ममा नियन्त्रणमा आएको छ । यसमा हताहती हुने सम्भावना रहेको छ । हाम्रा सबै टोली घटनास्थलमा उपस्थित छन्।”

प्रत्यक्षदर्शीले केही व्यक्तिको मृत्यु भएको बताएका छन् ।

एक स्थानीयले एएनआईलाई भने, “जब हामीले सडकमा कसैको हात देख्यौँ, हामी पूर्ण रूपमा स्तब्ध भयौँ। म यसलाई शब्दमा व्याख्या गर्न सक्दिनँ।

अर्का प्रत्यक्षदर्शीले भने, “जब हामी घटनास्थल नजिक पुग्यौँ, हामीले सडकमा शरीरका अङ्गहरू छरिएको देख्यौँ। के भयो कसैले पनि बुझ्न सकेनन् । धेरै कारहरू क्षतिग्रस्त भएका छन्।”

एक स्थानीय पसलेले एएनआईलाई बताए अनुसार उनले आफ्नो जीवनमा यति ठूलो विस्फोट कहिल्यै सुनेका थिएनन्। उनले भने, “विष्फोटका कारण म तीन पटक लडेँ । यस्तो लाग्यो कि हामी सबै मृत्युको मुखमा गइरहेका छौँ । घटनामा धेरै कारहरू क्षतिग्रस्त भएका छन् ।“

एलएनजेपी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले घाइतेमध्ये एक जनाको अवस्था स्थिर रहेको बताएका छन् ।

उनले भने, “पन्ध्र जनालाई लोकनायक अस्पतालमा ल्याइएको छ । तीमध्ये आठ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको थियो । तीन जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था स्थिर रहेको छ।(रासस/एएनआई)