२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री खरेलद्वारा राष्ट्रिय एआई केन्द्रको उद्घाटन



अ+ अ-

काठमाडौँ। डिजिटल माध्यमद्वारा सार्वजनिक तथा निजी क्षेत्रको कामलाई सहज बनाउने उद्देश्यले सरकारले राष्ट्रिय एआई केन्द्र स्थापना गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय एआई केन्द्र स्थापना गरेको हो । राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै सञ्चारमन्त्री जगदीश खरेलले सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्रले नेपालको एआई क्षेत्रका लागि ठूलो फड्को मारेको वताउनुभयो ।

सञ्चारमन्त्री खरेले एआई केन्द्रको स्थापनासँगै नेपाललाई डिजिटल नेपाल र एआई तथा ‘डिजिटल ट्रान्सफरमेसन’ को बाटोमा अघि बढेको सन्देश गएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “एआई केन्द्रको यो सुरुआत हो, यसलाई निरन्तर रुपमा अगाडि बढाउछौँ, एआई नीति आइसकेको छ, एआई काउन्सिल पनि गठन भइसकेको छ । आजकै दिनदेखि एआई केन्द्रले आफ्नो कार्य प्रारम्भ गर्नेछ । डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेन बाटोमा नेपाल अघि बढेको सन्देश दिइएको छ ।”

सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको क्रममा सुशासन र भ्रष्टाचार नियन्त्रण, रोजगारी र नवप्रवद्र्धनको सन्दमा एआईले जोड्ने विश्वास व्यक्त गर्नुभयो । सूचना प्रविधि केन्द्रले सार्वजनिक तथा निजी क्षेत्रको सेवा प्रवाहलाई डिजिटल माध्यद्वारा छिटो र सहज बनाउन नीतिगत पहल गर्ने उहाँले बताउनुभयो ।

यसका साथै एआईको प्रयोगले कुनै पनि निकायमा जनशक्ति अभावलाई न्यूनीकरण गर्न तथा डिजिटल प्लेटफर्ममार्फत प्रवाह हुने गलत सूचनाको सत्यतथ्य पुष्टि गर्न उपयोगी हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयको सूचना प्रविधि महाशाखाका प्रमुख सहसचिव आदेश खड्काले सरकारले गत साउनमा एआईसम्बन्धी नीति २०८२ लाई कार्यान्वयनमा ल्याइएसँगै एआई केन्द्रको स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार एआई काउन्सिल गठन भएको र एआई नीति आइसकेको अवस्थामा नेपाललाई डिजिटल युगमा अगाडि बढाएको छ । यसले नेपालका सार्वजनिक तथा निजी क्षेत्रलाई एआई प्रयोगका लागि नीतिगत कार्य गर्नेछ ।

सूचना प्रविधिविज्ञ गौरव पाण्डेले एआई केन्द्र स्थापनाले निजी क्षेत्रलाई एआई प्रयोगमा लगानी र सहभागी गराउन उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रले एआईको माध्यमद्वारा सेवा प्रवाह गर्न चाहने निजी क्षेत्रलाई नीतिगत कामका लागि सहजीकरण गरी दिने, तथा एआईसम्बन्धी कार्यक्रम निर्माणलाई प्रोत्सान दिने मन्त्रालयले जनाएको छ । रासस