२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट भारतमा सयभन्दा बढी संक्रमित



अ+ अ-

भारतमा कोविड १९ को संक्रमण बढेको छ। भारतमा आइतवारसम्म १०८ जना संक्रमित फेला परेका छन्। संक्रमितमध्ये १७ जना विदेशी रहेका छन्। हालसम्म भारतमा २ जनाको मृत्यु भएको छ। भारत सरकारले जनतालाई सतर्क रहन आग्रह गरेको छ। भारत सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याइरहेको छ। भारतीय अधिकारीले इटाली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको बताएका छन्। कोविड–१९ फैलिएसँगै सबै उडान रद्द भएपछि इटालीमा अलपत्र परेका २२० यात्रुलाई भारतको एयर इन्डिया विमानबाट नयाँदिल्ली ल्याइएको छ। उनीहरू आइतबार बिहान नयाँदिल्ली आइपुगेका हुन्।

भारतीय सहायक विदेशमन्त्री भी मुरलीधरणले ट्वीट गर्दै इटालीको मिलानबाट २११ जना भारतीय विद्यार्थी समेत २१८ जनालाई उद्धार गरिएको जानकारी दिएका छन्। विश्वभर अलपत्र परेका जोकोही भारतीयलाई उद्धार गर्न भारत सरकार तत्पर रहेको पनि उनले बताएका छन्।यसैगरी इरानमा अलपत्र परेका २३४ जना भारतीय पनि नयाँदिल्ली आइपुगेका छन्। एयर इन्डियाका दुईवटा उडानबाट ती सबै यात्रुलाई राजस्थानस्थित जैसलमेरमा भारतीय सेनाद्वारा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिएको छ।

संक्रमण रोक्न भारत सरकारले विभिन्न उपाय अवलम्बन गरेको छ। धेरैजसो राज्यमा शैक्षिक संस्था र सिनेमाघर मार्च ३१ सम्म बन्द गरिएका छन्। अधिकांश खेल कार्यक्रम पनि रद्द गरिएका छन्। मानिसलाई अनावश्यक विदेश भ्रमण नगर्न र ठूलो समूहमा भेला नहुन सरकारले अनुरोध गरेको छ।भारतमा हालसम्म कोरोनाकै कारण २ व्यक्तिको मृत्यु भइसकेको छ। तीमध्ये साउदी अरेबियाको भ्रमण गरेका एकजना कर्नाटक राज्यका ७६ वर्षीय पुरुष तथा स्वीजरल्यान्ड र इटाली भ्रमण गरेकी पश्चिम दिल्लीकी ६८ वर्षीया एक महिला रहेकी छिन्। अन्नपुर्णपोष्ट दैनिक




भर्खरै