२२ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा गैँडाको सङ्ख्या कति ? गणना हुँदै



अ+ अ-

भरतपुर । यही चैत १० गतेदेखि यस वर्षको गैँडा गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी शुरु गरेको जनाएको छ । यसका लागि चैत ७ र ८ गते सौराहामा तालीम आयोजना हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए । तालीममा निकुञ्जका कर्मचारी, हात्तीसार, राष्ट्रिय प्रकृति संरक्षण कोषका १०० को सहभागिता रहने उनले बताए।

संरक्षण अधिकृत उप्रेतीका अनुसार चितवनसँगै पसार्, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने छ । गैँडा गणना गर्न चैत महिना राम्रो हुने बताइएको छ । गैँडा गणना गर्न हात्तीको प्रयोग गरिन्छ । गर्मी बढेपछि हात्ती थाक्ने भएकाले चैत महिनाभित्रै गैँडा गणना गर्नु राम्रो मानिन्छ । नेपालमा सन् १९९४ ,२०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटाकासहित ६४५ गैँडा थिए ।

चितवन सहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको वासस्थान छ । पछिल्लो गैँडा गणनाको दोस्रो वर्ष सन् २०१६ र सन् २०१७ मा बर्दिया र शुक्लाफाँटामा यहाँका गैँडा स्थानान्तरण गरिएको थियो । यसले पनि गैँडाको सङ्ख्या वृद्धि हुनसक्ने अनुमान गरिएको छ । सन् २०१५ को गणनापछि चोरी शिकारबाट मर्ने गैँडाको सङ्ख्या नगन्य छ । प्राकृतिक कारणले मर्नेको सङ्ख्या भने उकालो लागिरहेको छ ।