७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

रोजगारी सिर्जनाको लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्छः अध्यक्ष कुँवर

रोजगारी सिर्जनाको लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्छः अध्यक्ष कुँवर
अ+ अ-

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले देशमा रोजगारी सिर्जनको लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्ने बताउनुभएको छ ।

ट्रेड युनियन कँँग्रेसले सोमवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलन उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा हाल विकास न्युन मात्रै हुने गरेको बताउनु भयो ।

चालु खर्च अत्याधिक हुने तर विकास खर्च नहुने उल्लेख गर्नुहुँदै उहाँले चालु खर्चलाई न्युनिकरण गरेर विकास खर्च बढाउनुपर्नेमा जोड दिनुभएको हो । राज्यले छुट्याएको सबै विकास खर्चको काम भएमा देशमा नै रोजगारिको लागी आधार तयार हुने उहाँले बताउनु भयो । रोजगारि सिर्जनाको लागि सरकारले स्वरोजगारका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । सरकारले उद्योग व्यवसाय गर्ने सहज वातावरण बनाउनुपर्ने पनि उहाँको भनाई छ । उहाँले सीपयुक्त जनशक्ति निर्माणको लागी विद्यालय तहमा नै यसको वातावरण बनाउनुपर्ने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले राज्यको के छ भने विकास खर्च भईरहेको छैन । चालु खर्च अत्याधिक भईरहेको अवस्था छ । हामी के भनिरहेका छौँ भने चालु खर्चलाई न्युनिकरण गर्नुप¥यो र विकास खर्चलाई बढाउनुप¥यो । त्यसको लागी राज्यले छुट्याएको ठुलो अंक छ, त्यसको २५ प्रतिशत पनि रकम खर्च हुँदैन । यर्थाथमा त्यो कामहरु भयो भने रोजगारीको आधार तयार हुन्छ भन्ने हामीलाई लागेको छ । अहिले हामीले के पनि भन्ने गरेका छौँ भने रोजगारीको लागी स्वरोजगारका कार्यक्रमहरु ईन्टरप्रेनरसिपहरु बन्नुप¥यो । उद्योग, व्यवसायलाई काम गर्ने वातावरण दिनुप¥यो । त्यो अवस्था भयो भने त्यहाँबाट रोजगारीहरु सिर्जना हुनसक्छ । उद्योग व्यवसायलाई जुन किसिमको संरक्षण, प्रोत्साहण हुनुपर्ने थियो, त्यो भईरहेको छैन । राज्यले त्यो गर्नुप¥यो ।’ 

यस्तै अध्यक्ष कुँवरले जेनजी आन्दोलनका कारण उद्योग कारखानामा भएको तोडफोड र आगजानीका कारण धेरै श्रमिकहरु बेरोजगार हुनुपरेको बताउनु भयो । ट्रेड युनियन कांग्रेसले देशमा नै रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन, जेन जी आन्दोलनमा भएको आगजानी तोडफोड लगायतका घटनामा संलग्नलाई कारबाही गर्न, आगामी निर्वाचनमा श्रमिकहरुलाई कार्यस्थलबाटै मतदान गर्ने व्यवस्था गर्न, यवा तथा श्रमिकलाई पनि समावेशी रुपमा संसदीय लगायत सबै निर्वाचनमा भाग लिन पाउनेगरी कलष्टरको व्यवस्था गर्न माग गरेको छ ।