१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाज रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भुमिका अविस्मरणीयः मन्त्री खरेल



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समाज रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भुमिका अविस्मरणीय रहेको बताउनुभएको भएको छ ।

सोमवार चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

समाज र मुलुकको यथार्थमा आधारित चलचित्रमार्फत समाजलाई अग्रगामी दिशामा अगाडि बढाउन भूमिका खेलेका चलचित्रकर्मीहरुलाई राज्यले हेर्नुपर्ने उहाँको भनाइ छ । उहाँले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कार्ययोजना ल्यान चलचित्र विकास बोर्डलाई आग्रह पनि गर्नुभयो । उहाँले चलचित्र प्रदर्शन लगायतका विषयमा रहेका अलमलहरु चिर्न सरकार लागिपरेको समेत बताउनु भयो । चलचित्रसम्बन्धी नीतिगत सुधारका लागि सरकारले कार्यप्रारम्भ गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देश र समाजको हितअनुसार नेपाली चलचित्र क्षेत्रको विकासका लागि मेरो कार्यअवधीमा मैले के गर्नुपर्छ मलाई स्पष्ट रुपमा लेखेर ल्याउनुस् म गर्न तयार छु । चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत सुधारको लागि हामीले हिजोदेखि नै कार्यप्रारम्भ गरेका छौं । नेपाली समाजको रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भुमिका भुल्न मिल्दैन ।’

उहाँले चलचित्र क्षेत्रलाई थप प्रभावकारी बनाउन चलचित्रकर्मीको व्यवहार गैरराजनीतिक हुनुपर्नेमा जोड दिनुभयो ।