२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको पहुँच विस्तारसँगै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

नेपाल टेलिकमको आज निरीक्षण तथा ‘एनटी फाइबर विद्यार्थी अफर’ घोषणा कार्यक्रममा मन्त्री खरेलले नेपाल टेलिकमलाई सुशासनयुक्त कम्पनीका रुपमा स्थापित गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकारको पहिलो प्राथमिकता निर्वाचन र सुशासन हो, त्यसैले अब टेलिकमको सेवालाई सुशासनसँग जोडेर हेर्नैपर्छ । सुशासनसँगै जोडेर मैले यो कुरा भनेको हुँ, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि प्रयास गर्नैपर्छ । छोटो अवधि भए पनि केही न केही काम गर्नुपर्ने यो सरकारलाई दबाब छ, चुनौती र ऊर्जा पनि छ ।”

सञ्चारमन्त्री खरेलले नेपाल टेलिकमको काममा ढिलाइ गर्ने वा जनतालाई गुणस्तरीय सेवा नदिने ठेकेदारको सम्झौता तत्काल रद्द गर्न निर्देशन दिनुभयो । “टावरलगायत पूर्वाधारको काममा जो–जो ठेकेदारले समयमा नै काम नगरेर ‘होल्ड’ गरेका छन् उनीहरुको ठेक्का रद्द गरेर काम गर्ने ठेकेदारलाई जिम्मा दिनुपर्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रको सञ्चार टेलिकमले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन आग्रह गर्दै मन्त्री खरेलले टेलिकमको कुनै पनि अफ्ठ्यारामा सरकार र मन्त्रीको सधैँ साथ सहयोग रहने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “टेलिकमको सेवा गुणस्तरीय र प्रभावकारी हुनुपर्ने छँदैछ तर टेलिकमले आफूलाई अब सुशासनयुक्त कम्पनीका रुपमा स्थापित गर्नुपर्नेछ । सुशासनका सुखद समाचार जनमानसमा आउन जरुरी छ, यो मेरो अपेक्षा छ । टेलिकमलाई नेपालको अब्बल संस्थाका रुपमा स्थापित गर्न जरुरी छ ।”

मन्त्रालयमा टेलिफोन र इन्टरनेट प्रभावकारी नभएको गुनासो आइरहेको भन्दै मन्त्री खरेलले दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तार र सेवाको गुणस्तर अभिवृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो ।

यस्तो छ, एनटी फाइबर विद्यार्थी अफर  

नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै आजदेखि फाइबर विद्यार्थी अफर प्रारम्भ गरेको छ । टेलिकमले २०५४ साल वा सोपछि जन्मिएका विद्यार्थीका लागि किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट प्रदान गर्न एनटी फाइबर विद्यार्थी अफर सञ्चालनमा ल्याएको हो ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री खरेलले उक्त अफरको शुभारम्भ गर्नुभयो । मन्त्री खरेलले आर्थिक रुपले सक्षम नभएका विद्यार्थीका लागि सूचना प्रविधिमा पहुँच स्थापित गर्ने उद्देश्यले सहुलियतपूर्ण विशेष उपहार प्रदान गरेकामा नेपाल टेलिकम परिवारलाई धन्यवाद दिनुभयो ।

सञ्चारमन्त्री खरेलले टेलिकमको ‘भ्वाइस’ र ‘डेटा’ सञ्चार सम्बन्ध तथा सम्पर्कका महत्वपूर्ण शूत्र हुन् भन्दै यसलाई बद्लिदो परिवेश र प्रविधियुक्त बनाइनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “जेनजी आन्दोलनको जगमा बनेको सरकारले जेनजी र विद्यार्थीका लागि केही न केही उपहारस्वरुप सेवा दिन सकिन्छ कि भनेर छलफल गरियो । आज सहुलियत प्याकेज घोषणा गरिएको छ । लाखौँ विद्यार्थी सहरी क्षेत्र मात्रै नभई दुर्गम क्षेत्रसम्म रहेकाले उनीहरुका लागि इन्टरनेटको सुविधा सास फेर्नु सरह छ । हामी सबैका लागि पनि हो, तर विशेषगरी विद्यार्थीका लागि यो अति नै उपयोगी हुनेछ ।”

मन्त्री खरेलले टेलिकमको सेवा केवल सहरमा सीमित नहोस् भन्ने सरकारको लक्ष्य रहेको भन्दै दुरदराजका बस्तीमा पनि फाइबर तथा टेलिफोन सेवा विस्तार गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल टेलिकम आइराख्दाखेरि देश र जनताका लागि केही न केही नयाँ दिनसक्न पाए हुन्थ्यो भन्ने चाहना थियो, आज नेपाल टेलिकमले विद्यार्थीका लागि विशेष प्याकेज घोषणा गरेकामा म विशेष धन्यवाद दिन चाहन्छु ।” उहाँले फाइबर सेवाका ग्राहक बढाउन बजारीकरणका उपाय अपनाउन निर्देशन दिनुभयो ।

कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपाल टेलिकम राष्ट्रको सञ्चारका रुपमा रहेकाले नाफाभन्दा पनि सेवालाई प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गर्दै सेवाका साथसाथै राजस्व अभिवृद्धिलाई पनि लक्षित गरी आम्दानीको सम्भावनाका क्षेत्र पहिचान गरेर सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

टेलिकमका निमित्त प्रबन्ध निर्देशक सविना मास्केले टेलिकमको मुनाफा बढाउन तथा सेवालाई चुस्त र प्रभावकारी बनाउन कम्पनीले विभिन्न योजना अगाडि बढाइएको बताउनुभयो । सो अवसरमा सञ्चारमन्त्री खरेलले टेलिकमको जावलाखेलमा रहेको ‘इन्टिग्रेटेड नेटवर्क अपरेसन सेन्टर’ को स्थलगत निरीक्षणसमेत गर्नुभयो ।

अफरअन्तर्गत करसहित रु चार हजार ९९९ मा ३० एमबिपिएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि उपलब्ध गराइएको छ । अफरका साथमा विद्यार्थीले एक थान म्गब िद्यबलम ऋएभ् र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्न सक्नेछन् । पहिला यही प्याकेजको रु आठ हजार पथ्र्यो । अफर लिन विद्यार्थीले उक्त अवधिभित्र १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत तथा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन् ।
–––