७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

बम आक्रमणपछि बङ्गलादेशका अल्पसङ्ख्यक इसाई समुदाय चिन्तित

बम आक्रमणपछि बङ्गलादेशका अल्पसङ्ख्यक इसाई समुदाय चिन्तित
अ+ अ-

ढाका। चर्च र एक क्याथोलिक विद्यालयमा तीन वटा वम आक्रमणपछि बङ्गलादेशको सानो इसाई अल्पसङ्ख्यक समुदायले सुरक्षा खतरा महशुस गरेको बताएको छ।

प्रहरीले आइतबारको आक्रमणबाट कुनै चोटपटक नलागेको तर आक्रमण ‘निश्चित रूपमा’ आतङ्क सिर्जना गर्न गरिएको चालबाजी भनेको छ।

बङ्गलादेशको १७ करोड जनसङ्ख्यामध्ये पाँच दाख जनसङ्ख्या रहेको इसाई समुदायलाई किन लक्षित गरिएको थियो भनेर कुनै पनि समूहले यी घटनाहरूको जिम्मेवारी लिएको छैन ।

ढाका प्रहरीका प्रवक्ता मुहम्मद तालेबर रहमानले एएफपीलाई भन्नुभयो, “हामी यो पत्ता लगाउने प्रयास गरिरहेका छौँ ।” पूर्वप्रधानमन्त्री शेख हसिनाको निरङ्कुश सरकार सत्ताच्युत भएपछि बङ्गलादेशमा राजनीतिक उथलपुथल मच्चिएको छ ।

पार्टीहरू सन् २०२६ फेब्रुअरीमा हुने चुनावको लागि तयार छन् तर इसाई साइटहरूमा पछिल्लोे आक्रमणले तनाव थपेको उल्लेख गरिएको छ ।

चर्चमा जाने एक नागरिकले आइतबार भने इसाई समुदायमा आक्रमणले ‘त्रास’ को भावना सिर्जना गरेको छ । नाम नबताउने सर्तमा विश्वविद्यालयका २५ वर्षीय एक स्नातक विद्यार्थीले भने, “चर्चमा जाँदा हामी धेरैलाई चिन्ता हुन थालेको छ।”

अक्टोबर ८ मा भएको पहिलो आक्रमण राजधानीको सबैभन्दा पुरानो होली रोजरी क्याथोलिक चर्चमा भएको थियो जहाँ ‘क्रुड बम’ फ्याँकिएको थियो । यो चर्च १७ औँ शताब्दीमा पोर्चुगालीहरूले स्थापना गरेका थिए।

त्यसैगरी शुक्रबार राति आक्रमणकारीहरूले सेन्ट मेरिज क्याथेड्रल र सेन्ट जोसेफ स्कूल र कलेज गरी थप दुई क्याथोलिक धार्मिकस्थलमा आक्रमणलाई लक्षित गरे।

बङ्गलादेश क्रिस्चियन एसोसिएसनका अध्यक्ष निर्मल रोजारियोले सेन्ट मेरिज क्याथेड्रल अगाडि ‘क्रुड बम’ विस्फोट भए पनि भोलिपल्ट करिब ५०० मानिस प्रार्थना गर्न आएको बताउनुभयो ।

रहमानका अनुसार मोटरसाइकल चढेका आक्रमणकारीहरूले क्याथेड्रललाई लक्षित गरी ‘क्रुड बम’ फ्याँकेर भागेका थिए। सेन्ट जोसेफका विद्यालयका प्रिन्सिपल ब्रदर चन्दन बेनेडिक्ट गोमेसले आक्रमणले ‘चिन्ता’ पैदा गरेको तर ‘कक्षाहरू सामान्य रूपमा सञ्चालन गरिएको’ बताउनुभयो ।

नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय अन्तरिम नेता मोहम्मद युनुसले हिंसात्मक घटनाका बाबजुद पनि विद्रोहपछिको पहिलो निर्वाचन योजनाअनुसार फेब्रुअरीमा हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

बङ्गलादेश प्रहरीले निर्वाचनका समय हिंसात्मक घटना नहुन् भनी गत वर्ष भएको क्रान्तिका क्रममा लुटिएका एक हजार ३०० भन्दा बढी मेसिनगन, राइफल र पेस्तोल बुझाउने व्यक्तिलाई नगद पुरस्कार दिने घोषणा गरेको छ। (रासस/एएफपी)