१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण



अ+ अ-

काठमाडौँ । बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने तयारी गरेको छ ।

प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी गर्ने नीतिअनुसार बिभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी लगानी गर्ने भएको हो ।

आज शिलबन्दी प्रश्ताव पेश गर्न आह्वान गर्दै प्राधिकरणले इच्छुक बैंकहरुले आफूले दिनसक्ने अधिकतम प्रतिफल उल्लेख गरी विवरणहरु खुल्नेगरी ७ (सात) दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको हो । प्राधिकरणकाअनुसार पेश हुन आएको शिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरुले  मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम व्याज दर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्शानको अवस्था, बैंकको निष्कृय सम्पती, बैंकको कर्जा निक्षेप अनुपातदेखि बैंक स्थापना भएको वर्ष (वि.सं), पूँजी पर्याप्तता कोषको विवरण दरभाउ पेश गर्दा खुलाउनुपर्ने  नेपाल बीमा प्राधिकरणले जानकारी गराएको छ ।

प्राधिकरणले कति लगानी गर्न खोजेको हो, त्यो भने यकिन गरेको छैन ।