२२ श्रावण २०८३, शुक्रबार
,
Latest
कांग्रेस आधिकारिकता विवाद: पुनरावलोकनबाट न्याय पाउने डा. कोइरालाको विश्वास साउन २९ देखि काँग्रेस संस्थापन इतरको राष्ट्रिय भेला हुने, देउवाले सम्बोधन गर्ने साउन महिनाबाटै ठेक्का प्रक्रिया शुरु, विद्युत मिटरको अभाव क्रमिक रूपमा समाधान हुँदैछः मन्त्री श्रेष्ठ शम्भूजीत,रुपक र किरणको सयुक्त प्रस्तुति ‘यो जन्ममा’ सार्वजनिक इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न खुश्बु ओलीको आग्रह प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमाले प्रमुख सचेतक दुलालको माग आगामी निर्वाचनमा कम्तीमा १०० महिलालाई नेतृत्वमा ल्याउने सभापति थापाको उद्घोष वर्तमान सरकारमा शासकीय अराजकता हाबी भयोः गगन थापा मोबाइल सेवाको गुणस्तर सुधार गर्न दूरसञ्चार प्राधिकरणको ८ बुँदे निर्देशन, प्रमुख शहरबाट ५जी सेवा सुरु… शासकीय अराजकतातर्फ सरकार उन्मुख, विधिको शासन कमजोर बन्यो : सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण



अ+ अ-

काठमाडौँ । बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने तयारी गरेको छ ।

प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी गर्ने नीतिअनुसार बिभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी लगानी गर्ने भएको हो ।

आज शिलबन्दी प्रश्ताव पेश गर्न आह्वान गर्दै प्राधिकरणले इच्छुक बैंकहरुले आफूले दिनसक्ने अधिकतम प्रतिफल उल्लेख गरी विवरणहरु खुल्नेगरी ७ (सात) दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको हो । प्राधिकरणकाअनुसार पेश हुन आएको शिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरुले  मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम व्याज दर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्शानको अवस्था, बैंकको निष्कृय सम्पती, बैंकको कर्जा निक्षेप अनुपातदेखि बैंक स्थापना भएको वर्ष (वि.सं), पूँजी पर्याप्तता कोषको विवरण दरभाउ पेश गर्दा खुलाउनुपर्ने  नेपाल बीमा प्राधिकरणले जानकारी गराएको छ ।

प्राधिकरणले कति लगानी गर्न खोजेको हो, त्यो भने यकिन गरेको छैन ।




भर्खरै