१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरणको पहिलो प्रतिवादी थुनामा



अ+ अ-

काठमाडौं । विशेष अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको सरकारी जग्गा बिक्री प्रकरणमा मुछिएका पहिलो प्रतिवादीलाई थुनामा पठाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि पहिलो अदालतमा उपस्थित भएका डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेललाई थुनामा पठाएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीशद्वय शिवराज अधिकारी र चन्द्रबहादुर सारुको इजलासले अभियुक्त पौडेललाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी मुद्दा चलाएको थियो ।

उनीविरुद्ध ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग अख्तियारले गरेको छ । ललिता निवास प्रकरणमा अदालत उपस्थित भएका पहिलो प्रतिवादी पौडेललाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए । पौडेललाई १५ दिनभित्र अदालमा उपस्थित हुन म्याद जारी भएपछि उनी सोमबार अदालतमा बयान दिन उपस्थित भएका थिए । सोमबार नै भएको थुनछेक बहसपछि पौडेललाई थुनामा पठाउन आदेश दिएको विशेष अदालतका सूचना अधिकारी इन्द्रबहादुर खड्काले जानकारी दिए । अदालतले म्याद जारी गरेका ७४ जनामध्ये पौडेल अदालतमा उपस्थित हुने पहिलो व्यक्ति हुन् ।

विशेष अदालतले पहिलो प्रतिवादीसँग धरौटी नमागी थुनामा पठाएपछि अरूमाथि पनि यस्तै आदेश आउने सम्भावना बढेको कतिपय कानुनविद्को बुझाइरहेको छ । ललिता निवासको जग्गा बिक्री प्रकरणमा तत्कालीन मन्त्री एंव नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ । आयोगले गत माघ २२ गते गच्छदारसहित तीनवजना पूर्वमन्त्री, तीनजना पूर्वसचिव र अवकाशप्राप्त तथा बहालवाला कर्मचारीसहित १७५ जना विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । सौर्य दैनिक