२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीमा फेरि नयाँ भाका



अ+ अ-

सुरूङको मुख्य संरचनाको निर्माण पूरा, एक किलोमिटर सुरूङमा हालियो पानी

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी काठमाडौं ल्याउने विषयमा फेरि नयाँ भाका तोकेको छ । आर्थिक वर्षको सुरूवातमै काठमाडौंमा पानी ल्याउने बताएको आयोजनाले फेरि दशैँसम्म पानी आइपुग्ने बताएको हो । खानेपानीमन्त्री विना मगरले पनि अब मेलम्चीको पानी असोजभित्र काठमाडौं आइपुग्ने बताएकी छन् ।टनेलतर्फ फर्काउने मुख्य संरचनाको निर्माण कार्य मूलभूत काम सम्पन्न भए पनि खानेपानी मन्त्रीको सो भनाइ बाहिर आएको हो ।

सिएमसी कम्पनीले मेलम्ची आयोजनाको काम छोडेपछि चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी निर्माण पुनः सञ्चालन गरेपछि बितेका पाँच महिनामा आयोजनाको कार्य प्रगति सन्तोषजनक रूपमा अगाडि बढिरहेको देखिएको छ । यही गतिमा निर्माण कार्य भएमा लक्ष्यअनुसार नै मेलम्चीको पानी सुरूङमार्ग हुँदै सुन्दरीजलसम्म पथान्तरण गर्ने कार्य वर्षायामपछि सफल हुने आयोजनाले जनाएको छ । वैकल्पिक डाइभर्सन प्रणाली हुँदै मुख्यः टनेलबाट सुन्दरीजलको प्रशोधन प्रणालीसम्म मेलम्चीको पानी छिटो पथान्तरण गर्न अहिले आयोजना लागिरहेको छ ।

हालसम्म हेडबक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत र साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत सम्पन्न भएको आयोजना निर्देशक तिरेश खत्रीले जानकारी दिए । हाल सिन्धु ग्यालथुम खण्डमा निर्माण सुरू भएको छ र २०७६ असार १५ सम्ममा तीनवटै भेन्टसाफ्टको काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख मेलम्ची आयोजनाको सुरूङ मार्गको परीक्षणका लागि खानेपानीमन्त्री बिना मगर, मेलम्ची विकास समितिका पदाधिकारीको उपस्थितिमा सोमबार मेलम्चीको हेडबक्र्सबाट सुरूङमार्गको परीक्षण गरिएको छ ।

मन्त्री मगरले भनिन्, ‘लामो प्रतीक्षा, अन्योल र पछिल्लो चरणमा हामीले गरेको महेनतपछि आयोजनाको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ । अब कुनै कारणले पनि आयोजना रोकिँदैन । तोकिएकै समयमा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउँछन् । अब मेलम्ची आउँदैन भन्ने भ्रम तोडियो ।’ सिनो हाइड्रोले आयोजनाको ठेक्का सम्झौताअनुसारको कामलाई पूर्णता दिन गेट निर्माण कार्य, भेन्टिलेसन साफ्ट, पाइप जडान, स्काडा प्रविधि जडानलगायतका साना ठेक्काका काम पनि गरिरहेको छ । यी सबै काम मेलम्ची विकास समितिले अपेक्षा गरेभन्दा उत्साहजनकरूपमा अघि बढिरहेका छन् ।

मेलम्ची आयोजनाको निर्माणको जिम्मेवारी सिनो हाइड्रोले लिएपछि कामले गति लिएको र जिम्मा लिएकामध्ये हेडबक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडान सप्लाइको काम १०० प्रतिशत, गेटको काम सप्लाई १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेसनको काम ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । हेडवक्र्समा ७ वटा गेट निर्माण कार्य र कफरड्याम निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । यी कामहरू पानी पथान्तरण गर्न अत्यावश्यक रहेकोले प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

आगामी जेष्ठ १५ सम्ममा यी कामहरू सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । गेट निर्माण कार्य पानी पथान्तरणका लागि महत्वपूर्ण छ । यो काम टनेल प्रवेशसँग सम्बन्धित रहेको एवं टनेल भित्रका निर्माण कार्य सञ्चालनसँग पनि समन्वयात्मक रूपमा अगाडी बढाउनुपर्ने भएकोले तदअनुरूप निर्माण कार्य भइरहेको छ । जेठ मसान्तसम्ममा गेट निर्माणका कामहरू सम्पन्न हुने आयोजनाको विश्वास छ । भेन्टिलेसन साफ्टको निर्माण कार्य चुनौतीपूर्ण भएको र यसका बाबजुद पनि विभिन्न प्रयासबाट हाल सिन्धु ग्यालथुम खण्डमा यसको निर्माण कार्य सुरु भएको छ एवं असार १५ सम्ममा ३ वटै भेन्टसाफ्टको काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । स्काडा प्रविधि जडानको कामले गति लिएको छ ।

बाँकी रहेका निर्माण कार्यहरू केही समानान्तर र केही सेरीजमा गर्नुपर्ने भएकोले टनेलभित्रका अन्य काम सम्पन्न हुँदा यो कार्य पनि सम्पन्न हुनेछ । साथसाथै सुन्दरीजल पोर्टलको कामले गति लिएको छ । सरकारले तोकेकै मितिभित्र सुन्दरीजल पोर्टलको काम सम्पन्न गर्ने लक्ष्य रहेको र ततपश्चात् पूरै प्रणालीमा पानी परीक्षण गर्ने लक्ष्य रहेको छ । निर्माणको सिलसिलामा खण्ड खण्ड रूपमा परीक्षण गरी अन्त्यमा पूरै प्रणालीमा परीक्षण गरिने भएकोले अम्बाथान खण्डको टनेल सफाई सम्पन्न गरिएको र यही चैत्र महिनाको सुरुमै यस खण्डको परीक्षण गरिने लक्ष्य रहेको आयोजना प्रमुख खत्रीले जानकारी दिए । सौर्य दैनिक




भर्खरै