८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री शर्माको प्रश्न: ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको बिशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने ?



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको बिशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने भन्ने नै अहिलेको मुल प्रश्न बनेको भएको जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा एक स्टाटस राख्दै महामन्त्री शर्माले हाल चलिरहेको प्रमुख बहस ‘नियमित महाधिवेशन पुसमा गर्ने कि बैशाखमा’ भन्ने विषय होइन, बरु ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको बिशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने भन्ने नै अहिलेको मुल प्रश्न बनेको जनाउनु भएको छ ।

उहाँले काँग्रेसको विधानले नियमित महाधिवेशन पुस, माघ, बैशाख वा अन्य कुनै समयमा गर्न सकिने स्पष्ट व्यवस्था गरेको छ । तर, बिधानको दफा १७(२) अनुसार बिशेष महाधिवेशन ९० दिनभित्र सम्पन्न गर्नै पर्ने बाध्यात्मक प्रावधान रहेको स्पष्ट गरिँदै, यस विषयमा कुनै “इफ, बट, इन्तु, परन्तु” नगरी प्रष्ट बुझ्नुपर्ने जनाउनु भएको छ ।

उहाँले काँग्रेस केन्द्रीय समितिमा यो विषयमा भइरहेको छलफल पार्टीको मात्र होइन, राष्ट्रिय जीवनका लागि पनि अत्यन्तै महत्त्वपूर्ण रहेको बताइएको छ । नेताहरूका अनुसार, केही दिनभित्रै एकता र परिपक्वतासाथ निर्णयमा पुग्नु जरुरी रहेको जनाएको छ ।

उहाँले लेख्नु भएको छ “काँग्रेसले काँग्रेसको जीवनका लागि गर्नुपर्ने काम भन्दा ठूलो देशका लागि गर्नुपर्ने कामहरू छन्,” भनिएको छ, “त्यसका लागि आन्तरिक ‘मुल प्रश्न’ भन्दा माथिको देशको मुल प्रश्नमा काँग्रेस सबल र सफल हुनुपर्ने छ ।”