१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आम सञ्चार माध्यामलाई टिक्न गाह्रो हुने अवस्था आएको छः सञ्चारमन्त्री खरेल



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आम सञ्चार माध्यामलाई टिक्न कठिनाई हुने अवस्था आएको बताउनुभएको छ ।

आईतवार सार्वजनिक सेवा प्रशारण तथा एनटिभी वल्र्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री खरेलले सामाजिक सञ्जालको दवदवाले आम सञ्चार माध्यामहरुलाई काम गर्न नै कठिन भएको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने आवश्यक रहेको समेत स्पष्ट पार्नुभयो । उहाँले आजबाट शुभारम्भ भएको एनटिभी वल्र्ड च्यानलले बाँकि विश्वलाई हेर्न र बुझन महत्वपूर्ण योगदान पु¥याउने विश्वा समेत व्यक्त गर्नुभयो । मन्त्री खरेलले सार्वजनिक सेवा प्रशारण संस्थालाई आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अबको दिन बडो चुनौतिपूर्ण छ । अब आम सञ्चार माध्यामलाई टिक्न गाह्रो छ । थेगिन गाह्रो छ । काम गर्न गाह्रो छ । व्यवसायिकतामा धेरै प्रश्नहरु छन । यो चुनौतिको बीचमा हामी जुन काम शुभारम्भ गरेका छौँ । यसले नेपाल र नेपाली मात्रै नभएर बाँकि विश्वलाई नेपालको आँखाबाट हेर्नका लागि यो एनटिभी वल्र्डले महत्वपूर्ण भुमिका निर्वाह गर्छ भन्ने लागेको छ । अरु कुराहरु आगामी दिनमा धेरै गर्नु छ । यतातर्फ नपाल सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट सार्वजनिक सेवा प्रशारण संस्था यो पिएसपीलाई आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिवद्ध छ ।’

मन्त्री खरेलले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले आफ्नो प्रश्तुतिमा धेरै सुधार गर्नुपर्ने आवश्यकतामा समेत औँल्याउनु भयो ।