१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा केन्द्रीय समिति विस्तारित बैठकः ४० वर्षमुनिका र प्रवासबाट फर्किएकालाई आरक्षण



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवारको आवेदन आह्वान गरेको छ । चितवनको सौराहामा कात्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकको निर्णयअनुसार रास्वपाले उम्मेदवार छनोटको रुपरेखामा आधारित रहेर उम्मेदवारी दिन आह्वान गरेको हो ।

रास्वपाले निर्वाचनमा ४० वर्ष मुनिका युवाहरूलाई २७ प्रतिशत र विदेशबाट फर्किएका नागरिकलाई १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । पार्टीले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेनजीको स्पिरिडको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै ४० वर्षमुनिका युवाका लागि उनीहरूको जनसङ्ख्याको अनुपातकै आधारमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ । त्यस्तै प्रदेशबाट फर्किएका नेपाली उम्मेदवार बन्न १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ । ’

त्यसैगरी, उम्मेदवार हुन चाहने व्यक्ति सार्वजनिक पदको दुरुपयोग नगरेको, वैवाहिक अवस्था वैध रहेको, जात–लिंगको आधारमा अपमान वा कमजोर समूहको शोषण जस्ता आचरण नगरेको, आम्दानी पारदर्शी भएको लगायतका स्वघोषणा गर्नुपर्ने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।