२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाले लियो स्पेनका २१ वर्षिया फुटबल प्रशिक्षकको ज्यान



अ+ अ-

स्पेनका फुटबल प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको कोरोनाका कारण २१ वर्षको उमेरमा मृत्यु भएको छ । सन् २०१६ देखि ग्रासियाले मालागामा अवस्थित एट्लेटिको पोर्टाडा अल्टाको युथ टिमको म्यानेजरको रुपमा काम गर्दै आईरहेका थिए । उनलाई गत हप्ता कोभिड–१९ को संक्रमण देखिएपछि उपचारका लागि मालागाको क्षेत्रीय अस्पताल पर्याइएको थियो ।

तर अस्पतालमा भर्ना भएपछि थाहा भयो ग्रासियालाई ल्युकेमिया (रक्त क्यान्सर) समेत भएको रहेछ । रक्त क्यान्सरबाट ग्रसित उनलाई कोरोना भाइरसले थप गालेको थियो जसका कारण अन्ततः उनको मृत्यु भयो ।

कोरोना भाइरसका कारण मृत्यु हुनेमा उनी पहिलो युवा भएको अनुमान गरिएको छ । किनभने हालसम्मको डाटामा कोरोना भाइरसका कारण मृत्यु हुनेमा धरैजसो वृद्ध वृद्धा र दिर्घरोगहिरु रहेको पाईएको छ ।