२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाले लियो स्पेनका २१ वर्षिया फुटबल प्रशिक्षकको ज्यान



अ+ अ-

स्पेनका फुटबल प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको कोरोनाका कारण २१ वर्षको उमेरमा मृत्यु भएको छ । सन् २०१६ देखि ग्रासियाले मालागामा अवस्थित एट्लेटिको पोर्टाडा अल्टाको युथ टिमको म्यानेजरको रुपमा काम गर्दै आईरहेका थिए । उनलाई गत हप्ता कोभिड–१९ को संक्रमण देखिएपछि उपचारका लागि मालागाको क्षेत्रीय अस्पताल पर्याइएको थियो ।

तर अस्पतालमा भर्ना भएपछि थाहा भयो ग्रासियालाई ल्युकेमिया (रक्त क्यान्सर) समेत भएको रहेछ । रक्त क्यान्सरबाट ग्रसित उनलाई कोरोना भाइरसले थप गालेको थियो जसका कारण अन्ततः उनको मृत्यु भयो ।

कोरोना भाइरसका कारण मृत्यु हुनेमा उनी पहिलो युवा भएको अनुमान गरिएको छ । किनभने हालसम्मको डाटामा कोरोना भाइरसका कारण मृत्यु हुनेमा धरैजसो वृद्ध वृद्धा र दिर्घरोगहिरु रहेको पाईएको छ ।