१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खरानी टकटकाएर उठ्यो चन्द्रागिरि, मौलाकाली पनि चाँडै उठ्दै-फोटो फिचर



अ+ अ-

काठमाडौँ । चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकारको बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेको थियो । त्यसपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो ।

चन्द्रागिरि हिल्सको सेवा अस्थायी रूपमा बन्द भएकामा आज करिब ६० दिनपछि पुनः सञ्चालनमा आएको हो । चन्द्रागिरि केही बर्ष यतादेखि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य बनेको छ ।

केबलकार सेवा पुनः सुरु भएपछि यहाँ अवस्थित भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई तथा रिसोर्टमा बस्न जाने पर्यटकहरुलाई सहज हुने भएको छ ।

चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षण गरेर यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याइएको सो हिल्सले जनाएको छ ।

सो आन्दोलनबाट क्षति पुगेपछि लगत्तै चन्द्रागिरि हिल्सका संस्थापक एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जनताको समेत स्वामित्व रहेको राष्ट्रिय एवं साझा सम्पत्तिका रुपमा रहेका औद्योगिक प्रतिष्ठानहरुमा भएको आगजनीको विरोध गर्दै आफूहरु खरानी टकटकाएर उठ्ने बताउनुभएको थियो ।

आज अर्काे संयोग के पनि परेको छ भने नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री सुशिला कार्कीसहित नेपाल सरकारका चारजना मन्त्रीको सहभागितामा अर्थतन्त्र सम्बन्धी राष्ट्रिय बहसको आयोजना गरी व्यापारिक प्रतिष्ठान एवं निजी क्षेत्रका लगानीकर्ताहरुका निजी सम्पत्तिमाथि भएका आक्रमणका दोषीमाथि कारबाहीको माग गर्नुभएको थियो ।

यसैबीच आइएमइ ग्रुपकै प्रमुख स्वामित्व रहेको चितवनको मौलाकालीस्थित केबलकार पनि छिटै सञ्चालनमा आउने सो समूहले बताएको छ ।

चन्द्रागिरि केबलकार निर्माण र मर्मतमा संलग्न कम्पनीका प्राविधिकहरुले आजदेखि मौलाकाली केबलकारको पनि मर्मत सम्भारको काम थालेकाले अबका केही दिनमा सो केबलकार पनि सञ्चालनमा आउने जनाइएको हो ।

फोटो- रजनीकान्त जसराज