५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगमको छवि उच्च बनाउने गरी काम गर्न निमित्त महाप्रबन्धक कालाखेतीको आग्रह



अ+ अ-

काठमाडौँ। नेपाल वायुसेवा निगमका नवनियुक्त निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले मातहतका कर्मचारीहरूलाई संस्थाको छवि उच्च बनाउनेगरी काम गर्न आग्रह गर्नुभएको छ ।

निगममा कार्यरत क्याविन क्रुहरूको पेसागत सङ्गठन ‘सी क्यान’को ज्ञापन पत्र बुझ्दै आज उहाँले यात्रुको अगाडि पर्ने क्याबिन क्रुहरुले गर्ने व्यवहारबाट नै संस्थाको छवि आमजनतामा झल्किने बताउनुभयो । निमित्त महाप्रबन्धक कालाखेतीले क्याबिन क्रुका आफ्नोतर्फबाट गर्न सकिने समस्या र गुनासा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सी क्यानका अध्यक्ष प्रजिता कार्की नेतृत्वको टोलीले उहाँलाई निगमको नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना दिएको थियो । निगममा कार्यरत क्याबिन क्रुहरूले अवकाश उमेर ५० वर्ष हुनुपर्ने मागसहित व्यवस्थापनसमक्ष ज्ञापनपत्र पेस गरेका थिए ।

क्याबिन क्रुहरूलाई अन्य कर्मचारीको तुलनामा सेवा, सुविधा र अवकाश उमेरमा भेदभाव र अन्याय हुँदै आएको उहाँहरूको माग छ । यसका साथै सी क्यानले निगमभित्रका बेथिति रोक्न, इञ्जिन मर्मत र भाडा दिँदा हुने अपारदर्शिता, भ्रष्टाचार अन्त्य हुनुपर्ने र त्यसमा आफूहरू सहयोग गर्न तयार रहेको जनाएको छ ।