१५ श्रावण २०८३, शुक्रबार
,
Latest
ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र चीनबीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता



अ+ अ-

काठमाडौं। नेपाल र चीनबीच उसु खेलको विकास र विस्तारका लागि तीन वर्षे सम्झौता भएको छ।

मित्र राष्ट्र चीनको सिचुवान प्रान्तस्थित मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल, र काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट अर्गनाइजेसनबीच उक्त सम्झौता सम्पन्न गरिएको हो।

सम्झौता पत्रमा मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जन र सिचुवान प्रान्त उसु संघका कार्यकारी निर्देशक तथा मिनयाँङ उसु संघका महासचिव ली चिङले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार दुवै देशबीच उसु खेलको प्रवर्द्धन र विकासमा पारस्परिक सहकार्य गर्ने उल्लेख गरिएको छ।

सम्झौता समारोहमा मिनयाँङ नगरपालिकाका उपमेयर ली शिन, मिनयाँङ उसु संघका उपाध्यक्षद्वय लान लिमिन र जियाङ हुआ लगायतको उपस्थिति रहेको थियो।

सम्झौताअनुसार दुवै पक्षले हरेक वर्ष एक-अर्काको देशमा उसु खेलको प्रशिक्षण आदानप्रदान गर्ने, खेलको इतिहास, दर्शन, प्रशिक्षण विज्ञान र खेलकुद चिकित्सा विषयमा विज्ञहरूबीच छलफल तथा कार्यशाला आयोजना गर्ने, छोटो अवधिका लागि उत्कृष्ट प्रशिक्षकहरूको आदानप्रदान गर्ने, र दीर्घकालीन तालिमका लागि आशाजनक खेलाडीहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने सहमति भएको छ। यसका लागि मिनयाँङ उसु संघले आवश्यक प्राविधिक सहयोग र प्रशिक्षण स्रोत उपलब्ध गराउनेछ।

त्यसैगरी, सम्झौतामा चीन–नेपाल मैत्रीपूर्ण उसु प्रतियोगिता र अन्तर्राष्ट्रिय उसु प्रतियोगिताहरू पालैपालो दुवै देशमा संयुक्त रूपमा आयोजना गर्ने उल्लेख छ। प्रतियोगितामा टोली पठाउने, निर्णायक व्यवस्थापनमा सहकार्य गर्ने, र प्रतियोगिताका माध्यमबाट उसु खेलको प्रभाव विस्तार गर्ने दुवै पक्षको साझा प्रतिबद्धता जनाइएको छ।

यससँगै, सम्झौताले उसु खेललाई खेल मात्र नभई पर्यटन प्रवर्द्धनका माध्यमका रूपमा उपयोग गर्ने लक्ष्य राखेको छ। “चिनियाँ कुङ फु रूट-सीकिङ टुर – नेपाल जेन मार्सल आर्ट अभ्यास टुर” जस्ता उसु पर्यटन कार्यक्रमहरू सञ्चालन गरी विश्वव्यापी उसु प्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्ने योजना रहेको छ।

मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष तथा काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट अर्गनाइजेसनका सचिव राजिव महर्जनका अनुसार यो सम्झौता नेपालमा उसु खेलको विकासका लागि एक कोसेढुङ्गा सावित हुनेछ र यसले खेल पर्यटनको क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।